SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/६ गते
    ८४५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार नवमीको दिन भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितीले जनाएको छ।

    समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर कुण्ड समेत रहेको छ। समय माता मन्दिरको स्थापना ४० वर्ष अघि भएको मान्निछ त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे।विस्तारै मन्दिरमा श्राद्धालुहरुको भिड़ हुन थाले पछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हद सम्म पहल गरेका थिए।

    श्राद्धलुहरुको भिड़ भाड़ रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिए बासिन्दा पूर्व मंत्री ईश्वर दयाल मिश्रा (विरेन्द्र मिश्रा) लाई मन्दिर विस्तार गर्न सपना आएको कुरा उहाले आफै भन्नुभयो र स्थानिए अनुसार मिश्र मंत्री हुदा समेत सो स्थानकों प्रचार प्रसार लगायत त्यस स्थानमा मन्दिर निर्माण देखि लिएर हाल सम्म समेत विस्तार गर्दै आएका र उक्त मन्दिरको नाममा १ बिग्घा जग्गा समेत दिलाउन सफल भएको कुरा स्थानिएले बताउदै छन। पुर्व मंत्रीको आग्रहमा देवेन्द्र कुमार चौधरी(पप्पू चौधरी)ले हनुमान मुर्ति,दिपक रजवारिया काल भैरव मुर्ति, पूर्व चेयरमैन रामनरेश उपाध्यय शनिदेव मुर्ति समेत उक्त मन्दिरमा दान गरेका छन।

    समय माता मन्दिर क्षेत्रमा रहेका देवी सागर कुण्ड लाई व्यवस्थित गरेर आसपास मा रहेको जग्गा जमिन सिंचित गर्ने विचार रहेको पूर्व मंत्री मिश्राले बताउनु भयो।मन्दिर छोटों समयमा भव्य मन्दिरमा विस्तार भएको र पुजापाठ गर्नेको भिडभाड बढदै र आस्थाको केन्द्रको रुपमा विकसित हुदै गएको उक्त क्षेत्रका जनता खुशी व्यक्त गरेका छन।

    बिश्व शान्ति तथा विश्वमा फैलिएको कोभिड१९ बाट चाडै विश्वका जनता उन्मुक्ति पाउन भन्ने उद्देश्यका साथ ९ दिवसीय सतचण्डी महायज्ञ चलिए रहेको र उक्त महायज्ञमा सबै समावेश हुन तथा यही वैशाख ८ गते नवमीका दिन भण्डारा मा प्रसाद ग्रहण गर्न आउनु हुन सम्पूर्ण श्रद्धालु हरूमा आयोजक समितीले आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं