SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२४ गते
    १८१८ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज दशौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको दोश्रो खेलमा टाईगर ग्रुप, पोखराले  खानीगाउँ (ए) लाई निकै नै रोमान्चक तरिकाले हराउदै फाईनलमा प्रबेश गरेको छ अब उपाधिका लागी टाईगर ग्रुप, पोखराले भोलि बिहान १०:३० बजे जिल्ला जिल्ला भलिबल संघ, पर्बत संग भिड्ने भएको छ ।

    कुश्मा बजारको बढागाँउ चौरमा भएको उक्त सेमिफाइनल भिडन्तमा पहिलो सेट टाईगर ग्रुप, पोखराले १८-२५ ले गुमाएको थियो भने दोस्रो सेटमा २५-२० ले खेलमा फर्कियो तर फेरी तेस्रो सेट खानीगाउँ (ए)ले २५-२३ ले आफ्नो पक्षमा पर्यो भने चौथो सेट टाईगर ग्रुप, पोखराले २५-१९ ले जित्यो र २-२ सेट को बराबरीमा पुरायो तर अन्तिम सेट पनि सेट टाईगर ग्रुप, पोखराले १५-९  ले आफ्नो पकड मा पर्दै फाईनल प्रबेश गर्यो र उपाधि भिडन्तका लागी जिल्ला भलिबल संघ, पर्बत  संग पक्का गर्यो ।

    १० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको र भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक पुष्प भुषाल , समिर जोशी र उप-संयोजक जित तिलिजाले गर्नु भएको कुरा  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    अफिसियल टिम

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं