SuchanaKendra

  • Radio Kushum


  • खानीगाउँ (ए) र टाईगर ग्रुप पोखरा दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश

    भोलिको खेल ८:३० मा जिल्ला भलिबल संघ, पर्बत बिरुद्ध विनामारे फेन्सी स्टोर्स र दोस्रो खेल १०:३० मा खानीगाउँ (ए) बिरुद्ध टाईगर ग्रुप पोखरा बिच हुने छ ।

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२३ गते
    १५७४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज आठौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलको खेलमा खानीगाउँ (ए) र टाईगर ग्रुप  पोखरा बिजयी भएर सेमिफाइनलमा एक अर्का संग को भिडन्त पक्का गरेका छन् । खानीगाउँ (ए) लाई मुनाल युवा क्लब,गंगटेले वाकवोभर दिएको थियो भने खानीगाउँ (ए) खेल नै नखेली सिधै सेमिफाइनलमा फाईनलमा प्रबेश गरेको थियो ।

    त्यस्तै अर्को खेल टाईगर ग्रुप  पोखरा र पक्कुवा बिच भएको थियो उक्त खेलमा टाईगर ग्रुप  पोखराले पक्कुवा लाई सजिलै ३-० को सेटमा हरायो । टाईगर ग्रुप  पोखराले पहिलो सेट २५-९, दोस्रो सेट २५-२३ र अन्तिम सेट २५-१५ ले बिजयी भयो ।सो खेल संगै क्वाटरफाइनल खेलको सम्पुर्ण समीकरण पुरा भयो भने भोलि देखि सेमिफाइनलको रोचक भिडन्त सुरु हुने कुरा को जानकारी हाम्रो सूचना केन्द्र डटकम लाई भलिबल संयोजक शेरबहादुर चोचाङ्गीले जानकारी गराउनु भयो ।

    १० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ साथै भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक पुष्प भुषाल र समिर जोशीले गर्नु भएको कुरा उप-संयोजक जित तिलिजा ले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं