SuchanaKendra

  • Radio Kushum


  • दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगितामा पक्कुवा र खानीगाउँ (ए) बिजयी

    भोलिको खेल :बिहान  ८:३० बजे खानीगाउँ (बि), पर्बत र विनामारे, दोस्रो खेल १०:३० बजे पोखरा ट्रेनिङ सेन्टर र तरुण दल, फलेबास बिच हुने छ ।

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२० गते
    १७३३ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत पुन युवा क्लबले ३९ औ मगर दिबसको उपलक्ष्यमा १५ गते बाट शुरु गरेको मगर महोत्सवको आज छैटो दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पक्कुवा र खानीगाउँ (ए) बिजयी भएका छन् । लिग चरण अन्तर्गत भएको खेलमा पक्कुवा ले खानीगाउँ (बि) लाई सोझो सेट मा पराजित गर्यो ।पहिलो सेट १७-२५ दोस्रो सेट १३-२५ र अन्तिम सेट २६-२७ ले खानीगाउँ (बि) लाई हराउदै पक्कुवा ले जित आफ्नो पोल्टा मा पर्यो ।

     

    उता पहिलो खेलमा खानीगाउँ (बि) पराजित भएपनि तरुण दल, फलेबास लाई हराउदै खानीगाउँ (ए) लिग चरणमा पहिलो जित हासिल गर्यो  । खानीगाउँ (ए) ले तरुण दल, फलेबास लाई २५-२१ दोस्रो सेट २५-२१ र अन्तिम सेट २५-११ को सहज सोझो सेट मा पराजित गर्यो । प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको र जम्मा १० टिम सहभागी भएको  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    अब अर्को खेल भोलि बिहान  ८:३० बजे खानीगाउँ (बि), पर्बत र विनामारे दोस्रो खेल १०:३० पोखरा ट्रेनिङ सेन्टर र तरुण दल, फलेबास बिच हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं