SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    १०११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारुढ दल नेकपाका प्रभावशाली नेता बामदेव गौतमलाई राष्ट्रियसभा उम्मेद्वार बनाउन नेकपाले प्रयाश जारी राख्ने भएको छ। आज बिहान नेकपा सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले उम्मेदवार बन्न आग्रह गरेको प्रस्ताव नेता गौतमले अस्वीकार गर्नु भएको थियो। राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्न पाउँने गरि संविधान संशोधन हुने सर्तमा मात्रै उम्मेद्वार बन्ने नेता गौतमको अडान छ।

    राष्ट्रियसभाबाट संविधान संशोधन गरेर प्रधानमन्त्री हुने बाटो खुला गर्नुपर्ने नेता गौतमको प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गर्नु भएको थियो। अर्का अध्यक्ष दाहाल पक्षले भने नेता गौतमलाई जसरी पनि राष्ट्रिय सभा सदस्य बनाउने तयारी गरेको छ। उम्मेद्वार नबनेपनि नेता गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने तयारी नेकपा भित्र सुरु भएको छ।

    गत निर्वाचनमा प्रतिनिधी सभा सदस्यका लागि बर्दिया क्षेत्र नं १ बाट उम्मेद्वार बनेका गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका ७५३ मत अन्तरले पराजित हुनु भएको थियो। वाम गठबन्धनका सूत्रधार मानिने नेता गौतमको पराजय पछि उहाँलाई सांसद बनाउनुपर्ने माग नेकपाभित्र उठ्दै आएको छ ।

    नेपालको संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि यहि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ। शुक्रबार नेकपा सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो। नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको हो।घोषित उम्मेदवारमा पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना उम्मेदवार बन्नुभएको छ ।
    प्रदेश नम्बर १
    इन्दु गौतम
    देवेन्द्र दाहाल
    गोपी अछामी

    प्रदेश नम्बर २
    तुलसा दाहाल
    राधेश्याम पासवान

    प्रदेश नम्बर ३
    गंगा बेलवासे
    डा. बेदुराम भुसाल

    गण्डकी प्रदेश
    भगवती न्यौपाने
    नारायणकाजी श्रेष्ठ

    प्रदेश नम्बर ५
    विमला घिमिरे
    गोपाल भट्टराई
    जगप्रसाद शर्मा

    कर्णाली प्रदेश
    सुमित्रा बिसी
    मायाप्रसाद आचार्य

    सुदूरपश्चिम प्रदेश
    तारामान स्वाँर शारदा भट्ट

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं