SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२० गते
    ९२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभूम्दी कालावाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई तिन दिने शैक्षिक अवलोकन भ्रमण गराएको छ ।गत मंसीर १६ गतेदेखि १८ गतेसम्म भएको भ्रमणमा ऐतिहासिक जिल्ला पाल्पाको तानसेन वजार, रुपन्देहीकोे मणिमुकुन्द सेन राजाको दरबार तथा पुलवारी पार्क, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनी, नवलपुर जिल्लाको पर्यटकीय शास्वत धाम (सिजि धाम), गोर्खा दरबार संग्राहलय लगाएतका धार्मिक पर्यटकीय क्षेत्र तथा पिप्रहर सामुदायिक हामस्टे अवलोकन भ्रमण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले वताए।

    होमस्टेमा थारु जातीले वनाउने अनदि चामलको चिचर, लोकल हास तथा कुखुरा, माछा, राजारोटी, लगाएतको संस्कृतिको बारेमा जानकारी भएको विद्यालयका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङले वताए ।यो भ्रमण विद्यालयको पहिलो भएको वताउँदै भ्रमणमा सहभागी शिक्षक भेषराज बरालले विद्यार्थीहरुलाई कितावी ज्ञानको साथै अवलोकन भ्रमणबाट पनि धेरै शिक्षा मिल्ने भएको हुँदा हरेक वर्ष भ्रमणमा लैजाने वताए ।

    सांस्कृतिक कार्यक्रमहरुको बारेमा जानकारी दिदैं १७८९ पुर्व युद्धमा हतियारको रूपमा प्रयोग भएको लठ्ठीबाट लठ्ठी नाच, युद्ध जितेपछि विजयोत्सवमा मनोरञ्जन लागि त्यहि बाँसको लौरोलाई चिरेर वनाएको वाँसको झर्रा नाच, जितिया पर्वको घैला नाच, होलीको डम्फू नाच, असारमा धान रोप्ने बेला, साउनमा धान गोड्ने बेला गाईने दोहोरी झुम्रा, मगर समुदायको कौडा नाच होम स्टेमा वस्ने पाहुनाहरुलाई देखाउँदै आएको होम स्टेका अध्यक्ष झनक महतोले वताए ।

    सो क्रममा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. ३ मा रहेको पिप्रहर सामुदायिक होमस्टे ग्राम संचालक समितिका अध्यक्ष लगाएत सदस्यहरुले भ्रमण समुहलाई भव्य स्वागत गर्दै थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुले कास्कीको सुन्दर गाउँ कालावाङ घरेडी वोलको गितमा नृत्य प्रस्तुत गरेका शिक्षिका पवित्र योन्जन तामाङले वताईन ।

    घाँटीमा हसुली, गलामा पैसाको चकती माला, पाखुरामा लगाउने विजायट, नाडी माठा, खुट्टामा गुढुला, चनर हार, बिन्दिया, नाकमा नथिया लगाएर सजिएका थारु महिलापुरुष, युवायुवतीहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले मनोरञ्जन मिलेको अभिभावक चन्द्रसिंह नेपाली वताए ।शैक्षिक भ्रमणबाट आफ्नै देशको तराईको जनजीवन, रहनसहन तथा धार्मिक विषयमा प्रत्यक्ष अवलोकन गर्न पाइएको कक्षा ८ की सनिसा नेपाली, कक्षा ७ की आँचल बराइली, कक्षा ६ का अमित गुरुङले वताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं