SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    १८५८ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित चलचित्र अहुरी कुस्माको सिद्देश्वर चलचित्र मन्दिर कुस्मामा शनिवार प्रर्दशन हुने भएको छ । धौलागिरीका विभिन्न एतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको नेपाली कथानाक चलचित्रको पहिलो सो शनिवार १२ वजेवाट शुरु हुने भएको हो ।

    अहुरी इन्टरटेन्टमेन्ट प्राईभेट लिमिटेडको व्यानरमा निर्माण गरी प्रर्दशन गर्न लागिएको फिल्मस वारे जानकारी गराउँदै अहुरीका रचनाकार एवं निर्देशक विशाल लोहनीले अहुरी नेपाली फिल्मी क्षेत्रमा विल्कुल पृथक र नौलो आयम भएको भन्दै दर्शकहरुले भरपुर मनोरञ्जन लिने वताए।

    अहुरीमा दुई सताव्दी अगाडिदेखि वर्तमान अवस्था सम्मको समयको यात्रालाई घटनाप्रदान रुपवाट कथामा देख्न सकिन्छ । लोहनीले जतिनै व्यत भएपनि अहुरीको लागि थोरे समय निकालेर हेर्न र मनोरञ्जन लिनका लागि सवैलाई आग्रह समेत गरेका छन् ।

    मोफसलमा रहेर विगतमा सेवेन व्वाइज, भ्रम चलचित्र त्यस्तै अन्य विभिन्न दर्जनौ सर्ट मोभीहरु वजारमा ल्याएको इन्टरटेन्टमेन्ट प्रालिले यसपाली अहुरी ल्याएको हो । फिल्ममा मिस धौलागिरी लगायत काठमाडौ, पोखरा, मोरङ ,नुवाकोट, पर्वत, वाग्लुङ, म्याग्दीका, कलाकारहरुको अभिनय रहने छ ।

    करिव ३५ लाख भन्दा वढिको लागतका निर्माण गरिएको यस अहुरी लाई धेरै दर्शकहरुले मन पराउने देखिएको छ । चलचित्र सो हुनु अगाडी विहान १० वजेवाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । सम्पुर्ण निर्माण युनिट लाई सफलताको शुभकामना।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं