SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१२ गते
    ११६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको समाचारले आजका पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार, एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् छ ।

    प्रधानमन्त्री ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजी भइरहेको अर्को खबर पनि कान्तिपुरमा छ । कान्तिपुर लेख्छ– नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

    स्रोतको हवाला दिँदै कान्तिपुरमा लेखिएअनुसार, ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्ष मुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । अन्नपूर्णले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको खबर छापेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं