SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/९ गते
    १२८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीको चौथोपटक डायलासिस गरिएको छ । उनको आइतबार ग्रान्डी अस्पतालमा डायलासिस गरिएको हो ।प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु गरिएको जानकारी दिइन् ।

    ११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो ।उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो ।

    चिकित्सकका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ ।त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पु-याउँछ । क्रियाटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनाउनु हो । अधिकांश एन्टिबडी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं