SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२ गते
    ८४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं,। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ।

    एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन। अहिले तस्बिर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्बिर डिलिट (मेट्न) गर्न लगाउने गरेको गुनासो पर्यटकको छ। पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो।

    सन्दकपुर जिल्लाकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वोच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ।बर्सेनि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्योदय, सूर्यास्तलगायत दर्जनौं हिमशृंखला अवलोकन गर्छन्। तर एसएसबीको धम्कीपछि पर्यटक यो चुचुरोमा जान हच्किन थालेका छन्। केही पर्यटक मात्र एसएसबीको आदेश बेवास्ता गरी सन्दकपुर डाँडामा पुग्ने गरेका छन्।

    सन्दकपुर चुचुरोभन्दा करिब डेढ सय मिटर तल बेसक्याम्प नै बनाएर बसेको एसएसबीले पर्यटकले तस्बिर खिचेको देखे हप्कीदप्की गर्दै आएको छ। सन्दकपुर डाँडामा पुग्ने पर्यटकले के गर्छन् भन्नेबारे जानकारी लिन एसएसबीका जवानहरूले नजिकैबाट पहरा दिन्छन्।

    ‘सन्दकपुर डाँडामा पुगेर वरिपरिको दृश्य मोबाइलमा खिच्दै गर्दा तलैबाट एसएसबीका जवानले छिटो त्यहाँबाट फर्किन र तस्बिर नखिच्न भने,’ इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले भने, ‘त्यहाँ पुगेका पर्यटकलाई एसएसबीले घुम्न नदिनु र तस्बिर पनि खिच्न नदिनु हेपाहा प्रवृत्ति हो।’ नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं