SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२९ गते
    १७२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ ।

    स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    पत्रकार सम्मेलनमा मेलाको बारेमा जानकारी दिनुहँदै क्लबका सचिव अनुपकुमार श्रेष्ठले ‘कला, संस्कृति, खेलकुदको संरक्षणमा सबैको साथ ः हाम्रो अभियान समृद्ध फलेवास’ भन्ने नाराको साथमा बृहद फलेवास ब्यपारिक, कृषि, खेलकुद तथा सांस्कृतिक मेला २०७६ को आयोजना गरिएको जानकारी दिनुभयो ।

    स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिने तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको छ ।

    क्लबका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठले मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने जानकारी गराउनुभयो । देवीस्थानको माझीचौरमा आयोजन ागर्न लागिएको मेलामा भ,ण्डै १५० ओटा स्टल रहने छन् ।

    आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिनुभयो । मेलाको तयारी तीब्र पारिएको क्लबले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं