SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    १२७९ &#२३४६;&#२३३५;&#२३२५;

    निर्वाचनमा पराजित भयपछी युबा नेता शाहिले हार खाएनन उन्ले निर्वाचनमा जनताको बीचमा बोलेको बाचा पूरा गर्न हारे पनि जित्ने भन्दा दुई वटा काम बढी गरेर देखाउन जिल्लाको बिकासमा सक्रिय भएर लागे। शाहिकै नेत्तृत्वमा कालिकोटको बिकास, समृद्धि र समुन्नतिको लागि सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान पनि सुरु भयो।

    युबाहरुको बीचमा निकैनै लोकप्रिय बनेका युबा नेता शाही २०७३ सालदेखि नेपाली कांग्रेसको मेरुदण्ड मानिएको युबाहरुको संगठन नेपाल तरुण दलको केन्द्रीय महामन्त्री भएर युवा राजनीतिमा सक्रिय रहेका छन्।

    नेपाली कांग्रेस कालिकोट काठमाडौं सम्पर्क समितिको सभापति समेत रहिसकेका शाही दुई कार्यकालदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको समेत जिम्मेवारीमा रहेका छन्। विकासप्रेमी युवा नेता २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कालिकोटका सभासद्को प्रत्यक्ष उम्मेदवार बनेका शाही संगठनप्रतिको निष्ठा र सक्रियताकै कारण चुनाव लड्ने जिम्मेवारी पाएका हुन्।

    शाही नेपाली कांग्रेसमा सानै उमेरमा सभासद्को प्रत्यक्षतर्फको टिकट प्राप्त गर्ने भाग्यमानी युवा नेता मानिन्छन्। तर, पार्टीभित्रकै अन्तरकलहका कारण उनी विजयी भने हुन सकेका थिएनन। यसैगरी यो पटकको निर्वाचनमा पनि नेपाली कांग्रेसले शाहीलाई नै प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको थियो तर दुर्भाग्य यो पटक बाम गठबन्धन उनलाइ बाधक बन्यो। उनि पराजित भय पनि २०७० मा साढे आठ हजार मत प्राप्त गरेका थिय भने अहिले दोब्बर मत साढे सोह्र हजार मत प्राप्त गरेका छन्, यस बाट कालिकोट मा उनको लोकप्रियता बढेर गएको सजिलै बताउन सकिन्छ।

    अर्को पटक उनको जित सुनिस्चित बनेको सबैले अनुमान गर्न थालेका छन। युबा नेता शाही राजनीतिमा मात्र नभएर लेखनमा पनि उत्तिकै सक्रिय छन। उनले तराजुमा माया र लासहरु वस्ती गजल संग्रह प्रकाशित गरेका छन्। ‘बन्दीगृह’ उपन्यास, नेवि संघ विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका प्रकाशित छन्। ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन।

    बेलाबेलामा राष्ट्रिय दैनिकहरुमा उनका लेखहरु पनि प्रकाशित भैरहेका छन। थुप्रै गीत हरुको पनि रचना गरेका शाहीले कांग्रेसको इतिहास समेटिएको गीत तथा नेबिसघ नेबिसघ हाम्रो नेबिसघ भन्ने चर्चित गीत पनि शाहीले नै निर्माण गरेका हुन।

    यसका साथसाथै सामाजिक सेवामा पनि निकै काम गरेका छन उनले । कमलो हृदय भयका शाहिले निशुल्क छात्रवृत्ति, स्वास्थ्य सिबिर लगायतका सामाजिक कार्यहरु पनि थुप्रै गरेका छन। उदार दिलका शाहीले कालिकोटका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। शाहीले कालिकोटका एक जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनको प्रबन्ध गरेका छन्। त्यसैगरी, पत्रकार महासंघसँगको सहकार्यमा वर्षेनी एक जना पत्रकारलाई लेखनवृत्तिबापत पुरस्कृत गर्ने उनको योजना अनुसार एक लाखको अक्षयकोष स्थापना गर्न शाहीले ५० हजार रुपैयाँ प्रदान गरेका छन्।

    डा. ललितजङ्ग शाहीसँगको सहकार्यमा इटालीबाट चिकित्सकको टोली बोलाएर कालिकोटमा स्वास्थ्य शिविरको आयोजना गरेका शाही जिल्लामा निरन्तर सामाजिक कार्य र विकासका काममा सधै सक्रिय हुने नेता हुन्। प्रतिगमन बिरोधि आन्दोलनमा पटक पटक जेल पर्नुका साथै घाइते भएका शाही संकटकालमा एक महिना माओवादीको अपहरणमा पर्दा माओवादीले ज्युदै खाल्डो खनेर गाड्न खोजेका थिए ।

    विभिन्न दुख संघर्ष र मिहिनेत गर्दै राष्ट्रिय राजनीतिमा सक्रिय भयका तरुण महामन्त्री शाही भोलिको दिनमा नेपाली कांग्रेस भित्र उज्ज्वल भबिस्य भएको इमानदार र बैचारिक नेता मानिन्छन

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं