SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    १२१३ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ।
    कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज अचार्यकाे प्रमुख अतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घाेषणा गरिएकाे हाे । कपिलवस्तु जिल्लालाई नै यही भदाैं ३१ गते पुर्ण खुला दिशा मुक्त घाेषणा गर्ने लक्ष्य रहेकाेले जिल्लाका सम्पुर्ण स्थानिय तह धमाधम खुला दिशा मुक्त घाेषणा हुन शुरु भएका छन ।

    हालसम्म कृष्णनगर सहित कुल ९ वटा स्थानीय तह खुला दिशा मुक्त भईसकेकाे र भदाैं ३० गते कपिलवस्तु नगरपालिकालाई घाेषणा गर्ने कार्यक्रम पछि जिल्ला घाेषणा गरिने जिल्ला समन्वय समितिका सभापति नारायण खनालले जानकारी दिनुभयो । वडा नम्बर १,४ र १२ लाई समेटेर नगरपालिकालाई खुला दिशा मुक्त गरिएतापनि पुर्ण सरसफाई युक्त बनाउन आफु र सम्पुर्ण नगरपालिका परिवार लागि परेकाे नगर प्रमुख रजत प्रताप शाहले प्रष्ट पारेका थिए । अब गाउंघरमा छिटपुट छुटेका चर्पी बनाउन र त्यसकाे प्रयाेगमा पनि विशेष ध्यान दिनु आवश्यक रहेकाे युनिसेफ ,सुअहरा लगायतका सहयाेगी संस्थाहरुका प्रतिनिधि हरु ले बताए ।

    कार्यक्रममा पुर्व राज्यसभा सदस्य डा. रुद्र प्रताप शाह
    नगर उपप्रमुख सबनम खातुन,नगरपालिकाभित्रका शाखा प्रमुख लगायत कर्मचारीहरु, समाजसेवी शैलेष प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता , नेकपाका नेता सुशील श्रीवास्तव, जावेद खां ,व्यवसायी नन्दकिशाेर शर्मा ,जितेन्द्र गाेयल , अशोक अग्रहरी लगायत विभिन्न विद्यालयका प्रतिनिधि सुरक्षा निकाय तथा अन्य संघसंस्थाका प्रतिनिधिकाे उपस्थित रहेकाे थियाे भने संचालन संचारकर्मी सनिउल्लाह धाेबीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं