SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२८ गते
    ११६९ &#२३४६;&#२३३५;&#२३२५;

    ललितपुर– सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान हुने बताउनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज ब्यापक बन्दै गएकाले समाजमा बिभिन्न खालका विकृति देखिन थालेको बताउनुभयो ।

    आफूले नेतृत्व गरेको संगठनका अनुभवका आधारमा महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान गर्न सक्ने देखिएको उहाँको भनाइ छ । पत्रकारीताको सुदृढिकरणमा महिला पत्रकारको भुमिका रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन महिला पत्रकारको भुमिका रहेको छ ।’

    सञ्चारिका समूहका निर्वाचित पहिलो अध्यक्ष तथा सिड कमिटीका उपाध्यक्ष बन्दना राणाले पत्रकार महिलाको लागि अहिले अवसर भएको र यसमा धेरै काम गर्न सकिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघले नियमित रुपमा मिडियामैत्री कानुन निर्माणका लागि सरकारलाई दवाव दिइरहेको बताउनुभयो ।

    समूहका पुर्व अध्यक्ष पत्रकार बबिता बस्नेतले नयाँ र ‘मिड करियर’ पत्रकारको आफ्ना सहकर्मीसँग प्रतिष्पर्धा भए पनि पूरानाको आफैँसँग प्रतिष्पर्धा हुने गरेको औँल्याउनुभयो । समूहकी पूर्व पत्रकार अध्यक्ष निर्मला शर्माले समूहले बिगतदेखि नै महिलाका मुद्धा मूलप्रवाहीकरण गर्दै आएको बताउनुभयो ।

    सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष सुवास खतिवडाले जिल्ला÷जिल्लाका रेडियोहरुमा महिला पत्रकार सक्रिय रुपमा सूचना सम्प्रेषणको काममा लागिरहेको बताउनुभयो । समूहकी अध्यक्ष नितु पण्डितले समूहका प्रदेश र जिल्लास्तरमा संगठनहरु विस्तार भइरहेको र तीनले त्यस क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।

    समूहले हिमाल खवर पत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहिन अक्सिटोसिन पनि’ लेखका लागि पत्रकार रामु सापकोटालाई सञ्चारिका समानता पुरस्कार प्रदान गरेको छ । एक वर्षभर पत्रिकामा प्रकाशित लेखहरुबाट छनौट गरेर महिलासम्बन्धी उत्कृष्ट लेखलाई पुरस्कृत गरिँदै आइएको समूहले जनाएको छ । यस वर्ष उमासिंह पत्रकारिता पुरस्कारबाट पर्साकी पत्रकार माधुरी महतो पुरस्कृत हुनुभएको छ । यस वर्षको सञ्चारिका प्रोत्साहन पुरस्कारबाट पावर्ती थापामगर र सुष्मा बराइली सम्मानित हुनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं