SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१० गते
    १४४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । श्रीमानबाट गम्भीर प्रश्नको उठान भएको छ, त्यसको सम्मान गर्दै म आफ्नो तर्क प्रस्तुत गर्दछु । शालिकरामले खिचेको भिडियोमा उनले समग्र विषय राख्दा अनुहार मात्र देखिन्छ, तर अन्त्यमा उनले नमस्कार गर्दा मोबाइल टाढा अड्याएका छन् । त्यसबीचमा मोबाइल हल्लिएको छ । मोबाइलको फ्रेम पनि फराकिलो भएको छ । त्यसैले मोबाइल हातमा नराखी सेल्फी खिच्नु कुनै अनौठो होइन ।

    यस्ता भिडियो मैले धेरैपटक बनाएको छु । त्यो अहिले पनि म गरेर देखाउन सक्छु । त्यसैले श्रीमान्ले आफ्नै अगाडि प्रस्तुत भएको मिसिलमा समावेश भिडियो हेरेर धारणा बनाउनुपर्छ । मिसिल हेरेर श्रीमान्को आदेश आउनुपर्छ, झ्यालबाहिरको जुलुस हेरेर होइन । फेसबुकको कमेन्ट पढेर होइन । (अधिवक्ता नेपालको यो टिप्पणीपछि इजलासमा केही तनाव भएको थियो । तर, केही सवालजवाफपछि बहस फेरि जारी रह्यो ।)

    मृतकले आत्महत्या गर्छु भनेर भिडियोमा घोषणा गर्नु र आत्महत्या गर्नुको समयमा पक्कै पनि अन्तर छ । किनकि, भिडियोमा उनले सेन्डो लगाएका छन्, आत्महत्या गर्दा सर्ट–पाइन्ट नै । योबीचमा उनको मनस्थिति बदलिन सक्थ्यो भन्ने श्रीमान्को जिज्ञासालाई म सम्मान गर्न चाहन्छु ।

    तर, म के स्मरण गराउन चाहन्छु भने स्वीट्जरल्यान्ड भनेको ‘सुसाइड टुरिजम’ मा पनि चर्चित देश हो । अमेरिकाबाट मान्छेले म अब आत्महत्या गर्न जान्छु भन्छ, स्वीट्जरल्यान्ड आउँछ र आत्महत्या गर्छ । त्यत्रो यात्रामा पनि उसको मन किन बदलिन्न ? अझ सर्वोच्चका पूर्वन्यायाधीश भरत उप्रेतीको आत्महत्या पनि एकै प्रयासमा भएको होइन । त्यसैले शालिकरामले बीचमा जति समय बिताएको भए पनि आत्महत्या गर्न नसक्ने कुनै कारण छैन ।

    घटनास्थलमा बरामद भएको मोबाइलबाट भिडियो ल्यापटपमा कपी गर्दा कुनै चतुर विज्ञले आफ्नो साधनमा पनि सारेको हुन सक्छ । तर, त्यही माध्यमबाट मिडियामा पुगेको हुनसक्छ । प्रहरीले गलत नियतले भिडियो सार्वजनिक गरेको हो भने विभागीय कारबाही हुन सक्छ । तर, मिडियामा भिडियो पुगेको कारणले अनुसन्धान प्रभावित हुनुहुँदैन ।

    मिडियाले जुनसुकै स्रोतबाट पाए पनि सूचना वा भिडियो सामग्री प्रकाशन÷प्रसारण गर्न सक्छ । त्यो उसको जिम्मेवारी हो । हाम्रो सम्पूर्ण ध्यान मिडियामा भिडियो कसरी पुग्यो भन्नेमा होइन, शालिकरामले किन आत्महत्या गरे, उनको ज्यान किन गयो भन्नेमा केन्द्रित हुन जरुरी छ ।
    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं