SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३२ गते
    १२८२ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन ।टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थक र प्रहरीबीच झडप भएको छ । चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएका लामिछानेको समर्थकले शनिवार विहान प्रहरीको भ्यानमा ढुंगामुढा गरेका छन् ।

    ढुंगामुढाका कारण प्रहरीको भ्यानमा क्षति पुगेको छ । प्रदर्शनकारीले प्रहरीको भ्यानमा तोडफोड गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । त्यसक्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

    अहिले पनि चितवनमा नाराबाजी र आन्दोलन जारी रहेको छ । न्यूज २४ का पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि लामिछानेसहित तीन जना चितवन प्रहरीको हिरासतमा रहेका छन् । आत्महत्या अघि खिचिएको एक भिडियो सार्वजनिक भएको थियो । जसमा पुडासैनीले आफ्नो मृत्युको कारण पत्रकार लामिछानेसहित तीन जना रहेको बताएका थिए ।

    भिडियो सार्वजनिक भएसँगै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । शुक्रवार(हिजो) प्रहरीले उनीहरु तीनै जनालाई अदालतमा पेश गरेको थियो । अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यससँगै लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं