SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३१ गते
    १४७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पछिल्लो समय शालिकराम पुडासैनी मृत्यु प्रकरणले सामाजिक सञ्जाल तातिएको छ । यो बीचमा राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको छ । धादिङकी २७ वर्षीया शान्ति तामाङले आत्महत्या गरेकी हुन् । तामाङको श’व अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    तामाङले आत्मह’त्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन । महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उनको पोष्टमार्टमको रिपोर्ट आएपछि थप खुलासा हुने प्रहरीले जानकारी दिएको छ । २ छोराछोरीकी आमा उनी श्रीमानसँग बस्दै आएकी थिइन् ।

    यता शव पोष्टमार्टमको लागि अस्पताल लगेपछि घटनाले अर्को मोड लिएको छ । शान्तिको आ’त्मह’त्याबारे घर पक्ष र माइती पक्षबीच अस्पतालमा लफडा भएको छ ।

    डीएसपी सुवेदीले शान्तिको आ’त्मह’त्याबारे माइती पक्ष र घर पक्षबीच ज’लाउने सहमति भएपनि अस्पतालमा झगडा भएको घटनाले अर्कै मोडमा पुगेको हो । माइती पक्षले यसर्लाइ आत्महत्या भन्दा पनी हत्या भएको भन्दै आइरहेको छ । शान्तिका श्रीमानको नाताले भान्जी पर्ने पवित्रा तामाङले शान्तिलाई हामी २–३ जना मिलेर ह’त्या गरेको भनेको माइती पक्षको आरोप छ ।

    सहमतिको लागि प्रहरी चौकीमा जाँदा समेत प्रहरीले भान्जी पवित्रा र उनीसँग गएका अर्का एक युवकलाई भगाएको आरोप माइती पक्षले लगाउँदै आइरहेको छ । यता यस विषयमा डीएसपी सुवेदीले आरोप झुठो रहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं