
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार एक वर्षको अवधिमा जिल्लाका सात वटा स्थानीय तहका ७४ हजार ६२६ पशुलाई तीन प्रकारका खोपहरु दिइएको हो । खोप पाउने पशुमा कुश्मा नगरपालिकाका १३ हजार ११३, फलेवास नगरपालिकाका १३ हजार ९८९, जलजला गाउँपालिकाका १० हजार २८८, मोदी गाउँपालिकाका १२ हजार ७५५, महाशिला गाउँपालिकाका आठ हजार ८७२, बिहादी गाउँपालिकाका छ हजार ८४१ र पैयुँ गाउँपालिकाका आठ हजार १६९ रहेका छन् ।
गाई भैँसी भेडा बाख्रा बंगुरमा लाग्ने रोग बिरुद्धको एफ.एम.डी, भेडाबाख्रामा महामारीजन्य रोगको रुपमा लाग्ने रोग बिरुद्ध पि.पि.आर र रेबिज रोग बिरुद्धको खोप ए.आर.भी गरी तीन प्रकारका खोपहरु झण्डै ९० लाख रुपैयाँको लागतमा लगाइएको प्राबिधिक परियारले बताए । पि.पि.आर खोप विगतदेखि नै सरकारले दिँदै आएकाले कृषकहरुले किन्नु नपर्ने गरी निशुल्क रुपमा नै पशुलाई लगाउने गरिएको छ ।
एआरभी (एन्टी रेबिज भ्याक्सीन) कुकुरलाई लगाउने खोप हो । नेपाल सरकारले सन २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मृत्यूलाई शून्य बनाउने लक्ष्य अनुसार यो खोप लगाउने गरिएको छ ।
गाई, भैँसी र, बंगुर लगायतमा लाग्ने रोग बिरुद्धको एफ.एम.डी खोप जिल्लामा २०७७ सालदेखि लगाउन सुरु गरिएको हो । विगतमा गाउँका किसानको पहुँचमा खासै नपुगेको यो खोप व्यवसायिक ‘फार्म’ मा पालिएका पशुलाई मात्रै लगाउने र विशेष गरी खोरेत रोग देखिएमा मात्रै लगाउने गरिएको थियो । तर पछिल्लो समयमा भने प्रदेश सरकारमार्फत सवै वडाहरुमा पुगेर अनिवार्य रुपमा पशुलाई यो खोप दिने गरिएको छ ।
जिल्लाका सबै स्थानीय तहहरुमा करिब एक सय जना खोपकर्ताहरु परिचालन गरेर कुनै ठाउँमा पनि नछुट्ने गरी खोप अभियान सञ्चालन गरेको बताउँदै प्राबिधिक परियारले खोप नलगाएर पशुहरु असुरक्षित हुने र कृषकलाई ठूलो क्षति हुन सक्ने जोखिम रहेको बताए । कतिपय ठाउँमा रोग लागेपछि मात्रै उपचारको लागि खोप दिने हो भन्ने मान्यता रहेका कारण बुझाउन समस्या हुने गरेको बताउँदै उनले पछिल्लो समयमा भने कृषकहरु पूर्व सावधानीको विषयमा सचेत रहेको जानकारी दिए । ब्याउने अवस्थाका, बिरामी, चोटपटक लागेर अन्य प्रकारको औषधिको प्रयोग भइरहेका, भर्खर बाली भएको अवस्थामा रहेका पशुहरुबाहेक अन्य सबै पशुले यो खोप पाएको कार्यालयका निमित्त प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीले बताए ।
‘पशुहरु बिरामी परेपछि मात्रै उपचारको लागि खोप लगाउनुपर्छ भन्ने मान्यता बिस्तारै हट्दै जाँदा पनि खोप अभियानहरु सफल बन्दै गइरहेका छन् । व्यवसायिक फार्महरुमा मात्रै नभएर जति पालिएका छन ती सबै पशु सुरक्षित हुनुपर्छ भन्नेमा कृषकहरु सचेत बन्दै जानुभएको छ’, उनले भने, ‘खोपले रोगबाट सुरक्षित राख्दा कुनै रोग वा प्रकोपबाट कृषकले भोग्नुपर्ने साना ठूला क्षतिमा न्यूनिकरण भएको छ । अर्कोतर्फ पशु स्वस्थ हुँदा मानव स्वास्थ्य पनि स्वस्थ हुने नै भयो ।’
जिल्लाका ६१ वटै वडाका २० हजार बढी घरमा पालिएका पशुमध्ये २७ हजार ५१५ लाई एफ.एम.डी, ४३ हजार २६५ लाई पि.पि.आर र तीन हजार ६४४ पशुलाई ए.आर.भी खोप लगाइएको हो । विगतका वर्षमा यी खोपहरु लगाउनुको लागि बार्षिक करिब ९० लाख रुपैयाँ खर्च हुने गरेको पशु विकास अधिकृत रामकृष्ण सुवेदीले बताए । चालु आर्थिक वर्षका लागि भने ८० लाख रुपैयाँ बजेट आएको उनको भनाइ छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया