
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै, कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्नुहुँदै कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको औँल्याए । उनले आलु महोत्सवलाई महानगरले अपनत्व लिइरहेको उल्लेख गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले क्लवको निर्माणधीन बहुउद्देश्यीय भवनलाई पूर्णता दिन महानगर तयार रहेको बताए ।
गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था मन्त्रालयका सचिव वासुदेव रेग्मीले हेमजामा खेतीयोग्य जमिन क्रमश घडेरीकरण हुँदै जानु दुःखद् भएको बताउँदै आलुको उत्पादन तथा उत्पादकत्व बृद्धितर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले विष्णुपादुका क्लव हेमजाको पहिचान स्थापित क्लव भएको स्पष्ट्र पार्नुहुँदै क्लवले आलु महोत्सव मार्फत हेमजा र समग्र पोखरा क्षेत्रलाई नै ब्राण्डिङ गर्न भूमिका खेलेको बताए ।महोत्सवले कृषि पेशामा लाग्न कृषकहरुलाई हौसला थप्ने उनको भनाई छ ।
क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको साथ सहयोगले आलु महोत्सवले निरन्तरता पाइरहेको उल्लेख गर्नुहुँदै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण गतिविधिलाई निरन्तरता दिने बताए ।
उद्घाटनकै अवसरमा हलगोरु पाल्ने कृषक विजय रानामगर, हरीकुमार परियार र गंगाबहादुर कार्कीलाई नगद रु. १० हजार सहित सम्मान गरियो । त्यस्तै हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको भन्दै भाषाविद् मुकुन्दशरण उपाध्याय पनि सम्मानित भए । त्यस्तै हालै निर्माण सम्पन्न गरिएको सुविद्यासम्पन्न शौचालयको पनि उद्घाटन भयो ।
महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु भएकोमा उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेको थियो ।
वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ । आजदेखि सुरु महोत्सव यहि वैशाख ३ गतेसम्म संचालन हुनेछ।
मूल समारोह समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम महासचिव हिक्मत थापा तथा संचारकर्मी परशुराम अधिकारीले संयुक्त रुपमा संचालन गरेका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया