
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
जनकपुरधाम । सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो खुट्टामा एकजना व्यक्तिलाई मालिस गराएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अध्यक्षको खुट्टा दबाएर मालिस गर्ने व्यक्ति हुन्, सोही गाउँपालिका वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंग ।
गाउँपालिका कार्यालयकै एक सोफामा सुतेका अध्यक्ष चौधरीको खुट्टा दबाउँदै कार्यबाहक वडाध्यक्ष खंगले मालिस गरिरहेको भिडिओमा देखिन्छ । उक्त भिडियो यही ५ असोजको हो ।भिडियो सार्वजनिक भएपछि पालिका अध्यक्ष चौधरीले तानाशाही र हुकुमी शासन चलाइरहेको भन्दै सर्वत्र आलोचना भएको छ । पालिकामा यस किसिमको अपाच्य क्रियाकलाप तानाशाही शासनको उपज भएको प्रतिक्रिया आइरहेको छ ।
के हो घटना ?
यो घटना गाउँपालिकाको गाउँसभासँग जोडिएको छ । कानुनतः १० असारभित्र भइसक्नुपर्ने गाउँपालिकाको गाउँसभा ४ असोजसम्म भएको थिएन । १० भदौमा गाउँसभा बोलाइए पनि हुन सकेन । त्यसपछि ५ असोजमा बोलाइयो ।
अध्यक्ष चौधरी ५ असोज बिहान १० बजे पालिका पुगेका थिए । वडा नम्बर ३ का वडाध्यक्ष गोपालप्रसाद चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष तेजनारायण यादव र वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य पनि गाउँपालिका पुगिसकेका थिए ।
बिहान ११ बजेतिर वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष खंग पुग्दा उपाध्यक्षको कार्यकक्षको सोफामा पालिका अध्यक्ष चौधरी पल्टेका थिए । खंगका अनुसार तीनजना वडाध्यक्ष बसिरहेका थिए । केही बेरअघि पालिका अध्यक्ष चौधरी र वडाध्यक्षहरूबीच गाउँसभाको लागि नोकझोक चलेको थियो । त्यसपछि रुष्ट भएका पालिका अध्यक्ष चौधरीले सोफामा पल्टेर गाउँसभा आज नहुने अडान लिए ।
‘म अब घर जान्छु । कपडा पनि छैन । आज परिषद् हुँदैन,’ पालिका अध्यक्षले भनेका कुरा कार्यबाहक वडाध्यक्ष खंगले सुनाए । पलिका अध्यक्ष चौधरीले खंगलाई बाबु भन्छन् भने खंगले उनलाई काका भन्ने गरेका छन् । त्यहाँ उपस्थित वडाध्यक्षहरूले पालिका अध्यक्षलाई फकाउन खंगलाई जोडबल गरे ।
खंगका अनुसार वडा नम्बर ३ का वडाध्यक्ष गोपालप्रसादले पालिका अध्यक्षको जिउ-हात दुखेको भन्दै मालिस गरिदिएर फकाउन कर गरे ।‘अरे हरि, तिमी नै पालिका अध्यक्षलाई मनाऊ, जसरी पनि आज परिषद् हुनुपर्छ । पालिका अध्यक्षको जिउ दबाइदेऊ,’ वडाध्यक्ष गोपालले भनेको कुरा खंगले सुनाए ।
खंग खुट्टा दबाउन मानिरहेका थिएनन् । तैपनि, पनि अरूको जोडबल र परिषद् नहुँदा जनप्रतिनिधि तथा कर्मचारीले दशैंमा समेत तलब-भत्ता खान नपाउने चिन्ताले खंग मालिस गर्न लागे ।
‘परिषद् भएको छैन । तलब रोकेर गाउँपालिका भत्ताभुंग छ । जनप्रतिनिधि र कर्मचारीले तलब-भत्ता खान पाएका छैनन्,’ खंगले भने, ‘जसरी पनि परिषद् गरिदिनुस् । बरु खुट्टै दाबिदिन्छु भनेर पालिका अध्यक्षलाई मनाउने प्रयास गरें । दुई मिनेटजति खुट्टा दबाएँ ।’
त्यहाँ बसेका अन्य वडाध्यक्षले पालिका अध्यक्षलाई कार्यबाहक वडाध्यक्षले मालिस गरेको भिडियो खिचेको खंगको भनाइ छ ।‘जसरी पनि परिषद् गराउनुपर्छ भनेर अध्यक्षलाई फकाउन वडाध्यक्षहरूले नै जोडबल गर्नुभयो । उहाँहरूले नै भिडियो खिचिरहनुभएको थियो । अहिले सार्वजनिक भएको छ,’ खंगले भने, ‘मैले अध्यक्षलाई काका भन्ने गरेको छु । काकालाई फकाउन खुट्टा हल्का मालिस गरेको हुँ । मैले गल्ती गरे जस्तो लाग्दैन । म त अनपढ मान्छे हुँ नि।’वडाध्यक्षहरूकै अडानले त्यसै दिन गाउँसभा समेत सम्पन्न भएको थियो ।
वडा नम्बर ६ का वडाध्यक्ष अशोककुमार आचार्यले आफू कार्यालयको प्रांगणमा रहेकै बेला उक्त घटना भएको बताए । जसरी पनि गाउँसभा गर्न पालिका अध्यक्षलाई दबाब दिन र फकाउने प्रयासमा कुनै कसर बाँकी नरहेको उनको भनाइ छ ।
‘त्यो भिडियो खिचिरहेको को बेला म बाहिर प्रांगणमा थिएँ । त्यही घटनाका कारण गाउँसभा सम्भव भयो,’ आचार्यले भने, ‘अध्यक्ष र हरिबीच काका-भतिजको जस्तो व्यवहार भइरहन्छ । त्यसैले त्यो ठूलो इस्यू हो जस्तो मलाई लाग्दैन ।’
खंग वडा नम्बर ५ को कार्यबाहक वडाध्यक्ष बनेको दुई वर्ष जति भयो । वडाध्यक्षमा निर्वाचित शब्दुल मियाँ भ्रष्टाचारमा दोषी ठहर भएपछि वरिष्ठताको आधारमा खंगलाई कार्यपालिकाले कार्यबाहक वडाध्यक्ष बनाउने निर्णय गरेको थियो ।
भिडियो सामाजिक सञ्जालमा हेरेपछि आफूले घटना थाहा पाएको अग्निसाइर कृष्णवरन गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले बताइन् ।
‘मैले पनि मालिसको भिडियो सामाजिक सञ्जालमा हेरें,’ उनले भनिन्, ‘उहाँले किन त्यसो गर्नुभयो उहाँहरू दुई जनालाई थाहा होला ।’
गाउँपालिकामा मिश्रित परिणाम भएकोले बेलाबेलामा स्वार्थको विवाद हुने गरेको छ । ६ वटा वडामा एमालेले पालिका अध्यक्षसहित १ र ५ वडा जितेको छ ।नेपाली कांग्रेसले उपाध्यक्षसहित वडा नम्बर ३, ४ र ६ जितेको छन् । वडा नम्बर २ भने माओवादीले जितेको छ ।
चार वर्षअघि धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले कार्यालयकै सोफामा यसरी नै कार्यालय सहयोगीलाई मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यसबेला उनको पनि चर्को आलोचना भएको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया