
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको हो । संघ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी। पौडेलले जानकारी दिए ।
यसैबीच महोत्सव मुल आयोजक समितिले शुक्रवार पर्वत जिल्लाका सम्पुर्ण सामाजिक संघसंंस्थाहरुसँग समन्वय बैठक सम्पन्न गरेको छ । बैठकमा मुल संयोजक ठाकुर वि पौडेलले महोत्सवको हालसम्मको तयारी र महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सामाजिक संघ संस्थाहरुको भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा पौडेलले जिल्लाका सवै सरोकारवाला सामाजिक संघसंस्था महोत्सवको आयोजक भएको जानकारी दिनुभयो । तीन संस्थहरुलाई सोहि अनुसारको जिम्मेवारी प्रदान गरिने र महोत्सवलाई सवैको अपनत्व हुने गरी अघि लैजाने उहाँको भनाई छ ।
कार्यक्रममा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले विगतदेखिका महोत्सवबाट भएका उपलव्धी, कमी कमजोरी र सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव तथा प्रतिकृया दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष केदारनाथ शर्मा, पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तब्य महोत्सवका र्याली झाकी संयोजक अनिता सापकोटा र संचालन महासचिब खड्ग प्रसाद खनालले गर्नुभएको थियो ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
गण्डकी प्रदेशका लघु तथा घरेलु उद्योगहरूबाट उत्पादित सामग्रीहरूको बजारीकरण तथा कोसेली घरको व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला संस्कृतिको जगेर्ना गर्ने, गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउने, स्थानीय बजारको सुरक्षाको लागि सी।सी। क्यामेरा जडान गर्ने, खेलकुद मैदानलाई व्यवस्थापन गर्ने र आधुनिक सभाहल बनाउने उद्देश्य महोत्सवमा राखिएको अध्यक्ष पौडेलले बताए ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, विभिन्न जातजातिका झाँकी प्रस्तुत, लप्सीका खाद्य परिकारहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न उपभोग्य वस्तुहरूको बिक्री, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, दौड तथा छेलो फाल्ने प्रतियोगिता, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
झन्डै दुई सय ५० वटा ‘स्टल’हरू रहने तथा करिब एक लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने अनुमान गरिएको महोत्सवमा आकर्षणका रूपमा औद्योगिक प्रदर्शनी, स्थानीय कलाकारहरूका प्रतिभा, स्थानीय स्वादका स्थानीय परिकार, प्रदेशका पर्यटकीय स्थलहरूको बारेमा जानकारी, हस्तकलाका सामग्रीहरू सहित पर्वतलाई चिनाउँदै आएको लप्सीबाट बनेका विभिन्न परिकारहरू, प्रशोधित जडीबुटी, कृषि तथा पशुजन्य उत्पादन लगायत रहेका छन् । महोत्सवमा ‘स्टल’ राख्ने पर्वत उद्योग वाणिज्य सङ्घका सदस्य, लघु, घरेलु तथा महिला उद्यमीहरूले २५ प्रतिशत छुटमा ‘स्टल’ भाडामा लिन पाउने छन् ।
महोत्सवको ११ दिनको अवधिमा करिब रु।एक करोड २९ लाख रुपैयाँ आम्दानी हुने र करिब २० लाख रुपैयाँ भन्दा बढी रकम बचत हुने आर्थिक संयोजक कमल जिसीले बताए । मुख्य गरी टिकट बिक्रीबाट रु।३० लाख, ‘स्टल’ भाडाबाट रु।१५ लाख, मुख्य प्रायोजकबाट रु।१५ लाख, रमाइलो मेलाबाट रु।१५ लाख, प्रायोजकबाट रु।१० लाख आम्दानी हुने अनुमान छ । यस्तै मुख्य खर्चमा ‘स्टल’ तथा महोत्सव स्थल निर्माणमा रु।२० लाख, खेलकुद, झाँकी तथा सांस्कृतिक प्रतियोगितामा रु।१२ लाख, कलाकार तथा अतिथि व्यवस्थापनमा रु।३० लाख खर्च हुने अनुमान गरिएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया