
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
काठमाडौं । प्रदर्शनमा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखी जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरिरहेका छन् ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो । मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे । अन्ततः प्रहरीले जाहेरी लिएर त्यसलाई गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाउने भएको छ ।
सोमबार नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले दिने जाहेरी र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितीका वारेमा सुरक्षा अधिकारीहरु र सरकारका प्रतिनिधिहरुबीच पटकपटक छलफल भएको थियो ।
घटनाको दोषी कारबाहीको दायरामा आउनुपर्नेमा सरकारी अधिकारीहरु एकमत भएपनि निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ नै गरिहाल्ने मनस्थितमा सरकारी अधिकारीहरु नै छैनन् । केही कानूनी अवस्था र परिस्थितीले उनीहरुलाई ‘पर्ख र हेर’को अवस्थामा पुर्याएको छ ।
आयोगले हेर्ने कि प्रहरीले अनुसन्धान थाल्ने ?
भदौ २३ र २४ गतेको घटनामाथि अनुसन्धान गर्न सरकारले नै पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको परिस्थितीमा समानान्तर रुपमा अनुसन्धान अघि बढाउन प्रहरी हिच्किचाएको छ ।
५ असोजमा राजपत्रमा प्रकाशित जाँचबुझ आयोगको क्षेत्राधिकारमा ‘भदौ २३ र २४ गते भएको भौतिक र मानवीय क्षतिको छानविन गर्ने’ कार्यादेश तोकिएको छ । आयोगले घटनाको जाँचबुझ गरी राय सहितको प्रतिवेदन बुझाउनुपर्नेछ । र, संलग्नहरुमाथि कारवाहीको राय समेत दिनुपर्नेछ ।
आयोगले काम शुरु गरेको अवस्थामा त्यही प्रकृतिको काम अघि बढाउन निवेदन ग्रहण गर्दा दोहोरोपना हुने भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको देखिन्छ । अर्कोतर्फ पूर्वन्यायाधीशको नेतृत्वमा आयोगले जाँचबुझ अघि बढाउन जति सहज छ, त्यसको तुलनामा प्रहरीलाई राजनीतिक नेतृत्वमाथि अनुसन्धान अघि बढाउन उति नै गाह्रो पनि छ ।
जाहेरीका भरमा अघि बढेर कसलाई पक्रिने ?
कुनै दशी र अकाट्य प्रमाणविना जाहेरीको भरमा पक्राउ पर्दा भोलि एउटा पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिने र समाजमा द्वन्द्वको अवस्था आउनसक्ने कतिपयको आँकलन छ ।
हुन पनि जेन–जी आन्दोलनकारीले किटानी जाहेरी दिने वित्तिकै एमाले समर्थित अनेरास्ववियूका कार्यकर्ताहरुले काठमाडौंका महानगरपालिका मेयर बालेन शाह र हामी नेपालीका संस्थापक सुधन गुरुङ विरुद्ध किटानी जाहेरी दिन प्रहरी परिसर पुगेका छन् ।
व्यक्ति पक्राउ हुने तहको कुनै प्रमाण नहुने तर एउटा पक्षले अर्कोविरुद्ध जाहेरी दिएर पक्राउको दवाव दिदा शान्तिसुरक्षामा चुनौती हुने भन्दै कतिपयले पक्राउको तहमा नपुग्न गृहमन्त्री लगायतहरुलाई सुझाव दिएका हुन् ।
थुनामा राख्ने आधार र शान्तिसुरक्षाको जोखिम कति छ ?
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरिहाले पनि त्यसलगत्तै सरकारले कानुनी चुनौती सामना गर्नुपर्ने देखिन्छ । अहिले बल प्रयोग गर्न निर्देशन दिएका आधारमा मात्रै फौजदारी अभियोग लाग्ने कानुनी व्यवस्था छैन ।
त्यसका साथसाथै अहिलेसम्म प्रदर्शनकारीहरुलाई दमन गर्नु र गोली चलाउनु भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएको पुष्टि हुने प्रमाण सार्वजनिक भइसकेको छैन । कम्तिमा पनि जाँचबुझ आयोगले गोली चलाउने सुरक्षाकर्मीहरुसँग बयान गरेर त्यसका आधारमा चेन–अफ–कमाण्डमा रहेकाहरुको पहिचान गर्नुपर्नेछ ।
त्यति नगुरुञ्जेल ओली र लेखकलाई पक्राउ गर्नु जति सहज हो, व्यक्तिहत्याको अभियोगमा जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाउनु त्यो भन्दा जटिल काम हो । दुवैजना पक्राउ पर्दा उनीहरुको निर्देशन पालना गर्ने गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालदेखि प्रहरी प्रमुखसम्म पक्राउ पर्ने अवस्था आउनसक्छ ।
दुवैजनालाई पक्राउ गर्दा राजनीतक वृत्तबाट प्रतिशोधको कदम भनी सरकारको आलोचना हुने जोखिम हुन्छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गरिने धरपडकले राजनीतिक प्रतिशोधको आरोप सामना गर्नुपर्ने हुन्छ । पर्याप्त प्रमाणसहितका फौजदारी अनुसन्धान बाहेकका धरपकडले थप जटिलता आउने र दुई पक्षविच झडप हुनसक्ने भएकाले पनि सरकार केही संयमित बनेको देखिन्छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया