
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
प्रनिश गिरी,पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजार क्षेत्रमा सामुदायिक कुकुरहरु यत्रतत्र डुल्दा सडक दुर्घटनाको खतरा देखिएपछि न्युनिकरणका लागि बन्ध्याकरण कार्यक्रम गरिएको छ । जिल्लाको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले तीन दिनको समय लिएर
कुश्मा बजारसहित आसपासका क्षेत्रका कुकुरहरुको स्थायी बन्ध्याकरण गरेको हो । अस्पतालका अनुसार जिल्लामा सामुदायिक तथा घरपालुवा गरी १ सय ८९ वटा कुकुरहरुलाई स्थायी बन्ध्याकरण गरिएको छ ।
भेटेरिनरी अस्पताल कुश्मामा १ सय २३ वटा र बाँकीको जलजला गाउँपालिकास्थित पशु कार्यालयमा पुगेर स्थायी बन्ध्याकरण गरिएको थियो । भेटेरिनरी अस्पतालका डाक्टर ऋसभ गुरागाईका अनुसार सामुदायिक कुकुरको बढ्दो संख्यालाई कम गरी रेविज रोग नियन्त्रण र सडक दुर्घटना न्युनिकरण गर्न बन्ध्याकरण आवश्यक परेको हो ।
पशु चिकित्सक गुरागाईले बजार क्षेत्रमा सामुदायिक कुकुरको संख्या वृद्धि हुनुको कारणबारे चिन्ता व्यक्त गर्दै भन्नुभयो–सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुनुमा घर पालुवा कुकुरलाई मालिकले केही वर्ष पाल्ने र पछि पाल्न कठिन मानेर सडकमाछोडिदिने गरेको पाइयो । जापानीज स्पीच जातका साना आकारका कुकुरहरु समेत सडकमा देखिन्छन् । गाउँघरतिरबाट बजार क्षेत्रमा फालिएको फोहोर खानेकुरा खान पाइनुको कारण बजार आउने गर्दछन् । जिल्लाको जलजला गाउँपालिकामा जापानीज स्पीच जातिका साना कुकुरहरु धेरै संख्यामा खुल्ला डुल्दै गरेको पाइएको डाक्टर गुरागाईको भनाई छ ।
घरपालुवा जापानीज स्पीच जातिका कुकुरलाई बजारबाट खरीद गर्नका लागि ५ देखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । सामुदायिक कुकुरहरु बजार क्षेत्रका सडक र हाइवे क्षेत्रमा डुल्दा सडक दुर्घटनाको जोखिम भएको स्थानीयबासीको गुनासो छ । सामुदायिक कतिपय कुकुरहरुले गुडिरहेको मोटरसाइकललाई भुक्दै पिछा गर्दा सवारीचालक आत्तिने र दुर्घना भएका छन् ।
सामुदायिक कुकुरको संख्या वृद्धि हुँदा प्रर्याप्त खानेकुरा नपाउने र कुकुरहरु खानेकुराका लागि आपसमा झगडा गर्दा घाइते भएर दुःख पाउने गरेको स्थानीय पशु अधिकारकर्मी राजकुमारी राना बताउनु हुन्छ । बन्ध्याकरणले कुकुरमा आक्रमक स्वभाव घटेर जाने हुदा पनि आपसमा झगडा गर्ने र मानिसलाई टोक्ने हुँदैन । भेटेरिनरी अस्पतालको गत वर्षको तथ्यांक अनुसार जिल्लामा सामुदायिक र घरपालुवा गरी
कुकुरको संख्या २ हजार १ सय ३९ रहेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया