SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२५ गते
    २५१ &#२३४६;&#२३३५;&#२३२५;

    प्रनिश गिरी,पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजार क्षेत्रमा सामुदायिक कुकुरहरु यत्रतत्र डुल्दा सडक दुर्घटनाको खतरा देखिएपछि न्युनिकरणका लागि बन्ध्याकरण कार्यक्रम गरिएको छ । जिल्लाको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले तीन दिनको समय लिएर
    कुश्मा बजारसहित आसपासका क्षेत्रका कुकुरहरुको स्थायी बन्ध्याकरण गरेको हो । अस्पतालका अनुसार जिल्लामा सामुदायिक तथा घरपालुवा गरी १ सय ८९ वटा कुकुरहरुलाई स्थायी बन्ध्याकरण गरिएको छ ।

    भेटेरिनरी अस्पताल कुश्मामा १ सय २३ वटा र बाँकीको जलजला गाउँपालिकास्थित पशु कार्यालयमा पुगेर स्थायी बन्ध्याकरण गरिएको थियो । भेटेरिनरी अस्पतालका डाक्टर ऋसभ गुरागाईका अनुसार सामुदायिक  कुकुरको बढ्दो संख्यालाई कम गरी रेविज रोग नियन्त्रण र सडक दुर्घटना न्युनिकरण गर्न बन्ध्याकरण आवश्यक परेको हो ।

    पशु चिकित्सक गुरागाईले बजार क्षेत्रमा सामुदायिक कुकुरको संख्या वृद्धि हुनुको कारणबारे चिन्ता व्यक्त गर्दै भन्नुभयो–सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुनुमा घर पालुवा कुकुरलाई मालिकले केही वर्ष पाल्ने र पछि पाल्न कठिन मानेर सडकमाछोडिदिने गरेको पाइयो । जापानीज स्पीच जातका साना आकारका कुकुरहरु समेत सडकमा देखिन्छन् । गाउँघरतिरबाट बजार क्षेत्रमा फालिएको फोहोर खानेकुरा खान पाइनुको कारण बजार आउने गर्दछन् । जिल्लाको जलजला गाउँपालिकामा जापानीज स्पीच जातिका साना कुकुरहरु धेरै संख्यामा खुल्ला डुल्दै गरेको पाइएको डाक्टर गुरागाईको भनाई छ ।

    घरपालुवा जापानीज स्पीच जातिका कुकुरलाई बजारबाट खरीद गर्नका लागि ५ देखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । सामुदायिक कुकुरहरु बजार क्षेत्रका सडक र हाइवे क्षेत्रमा डुल्दा सडक दुर्घटनाको जोखिम भएको स्थानीयबासीको गुनासो छ । सामुदायिक कतिपय कुकुरहरुले गुडिरहेको मोटरसाइकललाई भुक्दै पिछा गर्दा सवारीचालक आत्तिने र दुर्घना भएका छन् ।

    सामुदायिक कुकुरको संख्या वृद्धि हुँदा प्रर्याप्त खानेकुरा नपाउने र कुकुरहरु खानेकुराका लागि आपसमा झगडा गर्दा घाइते भएर दुःख पाउने गरेको स्थानीय पशु अधिकारकर्मी राजकुमारी राना बताउनु हुन्छ । बन्ध्याकरणले कुकुरमा आक्रमक स्वभाव घटेर जाने हुदा पनि आपसमा झगडा गर्ने र मानिसलाई टोक्ने हुँदैन । भेटेरिनरी अस्पतालको गत वर्षको तथ्यांक अनुसार जिल्लामा सामुदायिक र घरपालुवा गरी
    कुकुरको संख्या २ हजार १ सय ३९ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं