SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१२ गते
    ४४३ &#२३४६;&#२३३५;&#२३२५;

    सुजन अाचार्य,बागलुङ।बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाको खहरे फुर्सेधारामा पिकअप जीप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ का ७५ बर्षीय खड्क बहादुर कुँवर, र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ बर्षीय जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

    दुर्घटनामा परि बडिगाड गाउँपालिका–९का ६३ बर्षीय तेज कुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । बडिगाड गाउँपालिका–९ का ५० बर्षीय निमसरा बुढा, ५२ बर्षीया यम कुमारी पौडेल, ३० बर्षीया सिता पौडेल, बडिगाड गाउँपालिका–९ दर्लिङका २३ बर्षीय हिमाल घर्ति घाइते भएको प्रहरीले जानकारी जनाएको छ । सडकदेखि ५० मिटर तल पिकअप जीप खसेको छ । जीपमा ७ जना सवार रहेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं