SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१० गते
    ५९२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत। पर्वत उधोग वाणिज्य संघको ४२ साधारण सभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पर्वत उधोग वाणिज्य संघलाई हराउदै नेपाल पत्रकार महासंघ पर्वत बिजयी भएको छ । उक्त प्रतियोगितामा पर्वत उधोग वाणिज्य संघलाई ३-० गोलले हराउदै नेपाल पत्रकार महासंघ पर्वतले उपाधि हात परेको हो ।

    महासंघको तर्फ बाट ३ बटा गोलनै गंगा गुरुङले गर्नुभएको थियो । निकै रोमान्चक खेलमा पहिलो हापको अन्त्य तिर गंगा गुरुंगले गोल गर्दै महासंघको टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो हापमा पनि लगातार २ गोल गदै गुरुंगले आफ्नो हयाट्रिक पुरा गर्नु भएको थियो । दुवै टिमबाट गोल गर्न धेरै प्रयास भएको थियो भने निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघका तर्फ बाट गरिएका प्रहारहरु उधोग वाणिज्य संघका गोलरक्षक अनिश कर्मचार्यले विफल पारिदिएका थिए ।

    कार्यक्रममा पर्वत उधोग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेल, जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गणका गणपति, पर्वत उधोग वाणिज्य संघका पूर्व अध्यक्ष लगाएत कार्यसमितिका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थित रहेको कार्यक्रम संयोजक कमल जि.सीले हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं