SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/६ गते
    ५७५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल सुझाव पेटिका संचालनमा ल्याएको छ । पालिकाले जुनसुकै समय र अवस्थामा पनि नागरिकले गुनासो, उजुरी, राय सुझाव एवं सल्लाह दिन सकुन भन्ने उद्धेश्यले शुक्रवारदेखि डिजिटल सुझाव पेटिका संचालन गरेको हो ।

    मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा,उपाध्यक्ष विमल लामिछाने र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले संयुक्त रुपमा मोदी गाउँपालिकाको डिजिटल सुझाव पेटिकाको शुभारम्भ गर्नु भएको छ ।

    गाउँपालिकाले हरेक निणर्य प्रक्रियामा नागरिक सहभागितालाई सुनिश्चित गर्नका साथै संबिधान प्रदत्त सूचनाको हकलाई प्रत्याभूति दिलाउनका लागि यो संचालनमा ल्याईएको जनाएको छ । पालिकाप्रति कुनै गुनासो,उजुरी, राय सुझाव एवं सल्लाहा दिनु परेमा क्यूआर कोर्ड स्क्यान गरेर दिन सकिने भएको छ ।

    गाउँपालिका मातहातका कार्यालयबाट हुने सेवा प्रबाह, बिकास ब्यबस्थापन शासकीय प्रवन्ध र सरोकारका विषयहरुमा आम जनताको अमुल्य राय सुझाव सल्लाह सभ्य र मर्यादित भाषामा डिजिटल सुझाव पेटिका मार्फत पेश गर्न मोदी गाँउपालिकाले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं