
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं, ।
वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन् । कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन् । उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन् । कुवेत पुगेलगत्तै आफूहरू समस्यामा परेको भन्दै उनीहरूले गुनासो गरेका छन् ।
काठमाडौंको बसुन्धारामा रहेको म्यानपावर टिजिएल नेपाल प्रालिबाट कुवेतको लामाक प्लस जनरल टे«डिङ एन्ड कन्स्ट्रक्सन कम्पनीमा रोजगारीका लागि पुर्याइएका युवाहरूले सुरुदेखि नै तलब नपाएको बताए । रोजगारदाताले अलपत्र पारेपछि न स्वदेश आउन सकिने न विदेशमै काम गर्न पाइने अवस्थामा आफूहरू पुगेको उनीहरूले बताए । श्रमिकलाई बिचल्लीमा पारेर रोजगारदाता दुई सातादेखि फरार रहेको उनीहरूले जानकारी दिए ।
ती पीडितहरूले कुवेत पुुग्न मात्र जनही १ लाख ५० हजारदेखि ३ लाखसम्म बुझाएको दाबी गरेका छन् । कुवेती रोजगारदाता कम्पनीले ९० प्रतिशत पीडितहरूको पासपोर्ट खोसिदिएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार भिसा नभएको व्यक्तिलाई कुवेती सरकारले पनि दैनिक २५० देखि ३०० दिनारसम्म जरिबाना लिइरहेको छ । ‘कुवेत आएको आठ महिना भयो । ६ महिनादेखि तलब पाएका छैनौं । राम्ररी खान पाएका छैनौं । पिउने पानी छैन । एसी छैन,’ एक पीडितले भने, ‘नेपाली राजदूतावासमा सम्पर्क गर्दा श्रम अदालतमा जानू भन्ने जवाफ आउँछ । हामी कता जाने ? हाम्रो भिसा छैन । भिसा नभएको व्यक्ति नेपाल कसरी फर्कने ? पासपोर्ट रोजगारदाताले लियो । तलब नदिएपछि दैनिक उठेको जरिवाना कसरी तिर्ने ?’
यसरी अलपत्रमा परेका पीडितले विभिन्न सामाजिक सञ्जालमार्फत हारगुहार माग्दै आएका छन् । विदेशमा काम गरेको पारिश्रमिक र नेपाल फर्किन पाउनुपर्ने उनीहरूको माग छ । अहिले कम्पनीमा रहेका ८३ नेपाली युवामध्ये अधिकांशसँग पासपोर्ट नभएको, कुवेतको रोजगारदाता कम्पनी लामाक प्लस ६ महिनासम्मको तलब नदिई सम्पर्कविहीन बनेको, जसले गर्दा युवाहरू अलपत्र परेको विषय केही युवाहरूलाई कुवेत पुर्याउने बसुन्धारास्थित टिजिएल नेपाल प्रालि म्यानपावरका सञ्चालक अमृत रिजालले कम्पनीले उनीहरूलाई बेवास्ता गरेको बताए । उक्त कम्पनी आफ्नो पनि सम्पर्कमा सञ्चालक रिजालले बताए ।
सुरुकै महिनादेखि तलब नपाएको र बिस्तारै पाइएला भन्ने आशामै ६ महिना बितेको ती युवाहरूले बताए। तलब पाइने आशामा आफ्ना पीडा सार्वजनिक नगरेको उनीहरूको भनाइ छ । अहिले स्थिति खराब भएपछि सबै कुरा बताएको उनीहरूले सुनाए । ती श्रमिकहरूले गत पुसमा काम र तलब नदिइएको भन्दै रोजगारदाता कम्पनीको कुवेतमै विरोध पनि गरे तर समस्या समाधानको सट्टा अर्कै परिस्थिति बन्यो । विरोध गर्ने श्रमिकको नाइके भन्दै झापाका निसान विष्टलाई काठमाडौंको म्यानपावरको आग्रहमा रोजगार कम्पनीमार्फत बर्खास्त गराएको पाइएको छ ।
कुवेती रोजगारदाताले कामबाट निकालेपछि विष्ट नेपाल फर्किए । आफ्ना बारेका सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पीडित विष्टले बिर्तामोडस्थित एजेन्टहरूमार्फत क्षतिपूर्ति पाए । पीडित विष्टले भने, ‘कम्पनीले काम र तलब नदिएको विषयमा बोल्दा मलाई कामबाट निकालियो । म १ लाख ९० हजार तिरेर कुवेत गएको थिएँ ।’ विष्ट पीडितहरूको पक्ष लिएर ‘नेतागिरी’ गरेको भन्दै निकालिएका थिए । त्यसै आधारमा कम्पनीले अरूलाई पनि तर्साएको हो । मिडियामार्फत नै उक्त कम्पनीको समस्या बाहिर आउने भएपछि युवाहरूले एक महिनापछिबाट काम पाए । त्यसपछि पनि समस्यामा परेका केही नेपालीलाई म्यानपावरले नेपाल फिर्ता ल्यायो ।’
समूहमा रहेका एक पीडितले भने, ‘हामी आठ महिनाअघि आएका हौं । म्यानपावरले राम्रो कम्पनी भनी पठाएको थियो । यता आएपछि सप्लाई कम्पनी भन्ने थाहा भयो । यस कम्पनीमार्फत कुवेत आइएल कम्पनीमा काम लगाउने सर्त थियो । आएपछि पहिलो महिनाको तलब पाइएन। म्यानपावरलाई भन्दा बेवास्ता गर्यो । अनि सामाजिक सञ्जालमार्फत हारगुहारेका गरेको थियौं । त्यसपछि समस्या तत्कालका लागि समाधान भयो तर अब रोजगारदाता कम्पनी नै भाग्यो ।’
पीडितहरूका अनुसार नेपाली ८३ सहित विभिन्न मुलुकका ३०० कामदार अलपत्र परेका छन् । दुई सातादेखि कम्पनी बन्द भएपछि युवाहरू कोठामै सुत्न बाध्य छन् । अहिले उनीहरू नेपाल फर्किन पनि कुवेत सरकारलाई जरिवाना तिर्नुपर्ने अवस्था छन् । आफ्नो समस्यामा सम्बन्धित पक्षले खासै ध्यान नदिएपछि नेपालीहरूले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । उनीहरूसँग पासपोर्टसमेत नभएको हुँदा ट्राभल डकुमेन्ट बनाउनुपर्ने भएको छ ।
पीडितहरूले यस सम्बन्धमा खबर गरे पनि नेपाली दूतावासले चासो नदेखाएको आरोप लगाएका छन् । उनीहरूले आफ्नो समस्याबारे म्यानपावरलाई पटकपटक चासो देखाउँदा बेवास्ता गरेको तर मिडियामार्फत ध्यानाकर्षण भएपछि मात्र पीडितहरूसँगको सम्पर्कमा आएको बताए । पीडितहरूमध्ये केही पोखराको राज ओभरसिजको शाखा कार्यालयबाट, केही बिर्तामोडका म्यानपावर शाखा कार्यालय र केही बसुन्धारास्थित टिजिएलबाटै वैदेशिक रोजगारमा गएको पाइएको छ । जाने क्रममा आफूहरूसँग म्यानपावरहरूले डेढ लाखदेखि २ लाख ५० हजारसम्म असुली गरेको पीडितहरूले बताए ।
रोजगारका लागि गन्तव्य मुलुक पुगेका नेपालीहरू पीडित बनेको विषयमा पटकपटक ध्यानाकर्षण गराइएको टिजिएल नेपाल प्रालि म्यानपावर सञ्चालक रिजालले आफू पीडित युवालाई फिर्ता ल्याउने कोसिसमा रहेको बताए । सञ्चालक रिजालले रोजगारदाता कम्पनीले जालझेल गरेर नेपाली युवाहरूलाई पीडित बनाएको स्विकारे । उनले भने, ‘बदमास कम्पनी रहेछ । अहिले मेरो सम्पर्कमा पनि छैन । युवाहरूलाई उद्धारकै लागि म कोसिसमा छु ।’ बिदेसिएका युवाहरूलाई अलपत्र परेको विषयलाई गहन रूपमा लिइएको वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले बताए । समस्या समाधानका लागि विभागले पहल गर्ने उनको भनाइ थियो ।
अलपत्र पर्नेमा कुमारविक्रम ठकुरी, विवेक जोशी, विशाल नेपाली, दिनेश भण्डारी, विशाल कणेल, कुमार नेपाली, विशाल गुरुङ, सुरज क्षेत्री, सबिन खड्का, सरु क्षेत्री, नवीन खड्का, प्रकाश परियार, हरिप्रसाद काफ्ले, सन्तोष गुरुङ, साजन परियार, विशाल विश्वकर्मा, विशाल लामिछाने छन् । सुजन गुरुङ, चञ्चल राई, रवि विके, रूपबहादुर नेपाली, लालबहादुर नेपाली, ओमबहादुर तामाङ, सुक्सन चौधरी, सुरेश विश्वकर्मा, दीपराज ओली, प्रेम नेपाली, हरिश त्यागी, रजत कुमार, केशर राई, काजीमान लिम्बू, अजुस कटुवाल, विजय तामाङ पनि अलपत्र परेका युवाहरू हुन् । अन्यमा जीवन भण्डारी, चिरनकाजी घिसिङ, टेकबहादुर कुँवर, मदन भट्टराई, दिलीप तामाङ, चित्र भट्टराई, शिवराज आचार्य, मेहरसिंह मगर, नारायण घिमिरे, सूर्य राजवंशी, सुमन कार्की, मेघबहादुर घर्ती, रमेश कार्की, बादल नेम्वाङ, सन्देश भण्डारीलगायत छन् । आजको नागरिक दैनिकमा खबर छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया