
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
आज श्री शाके १९४५ । बि स २०८० असार ३१ गते आइतबार । इश्वी सन २०२३ जूलाई १६ तारीख । श्रावण कृष्ण पक्ष चतुर्दशी तिथी आद्रा नक्षत्र धु्रव योग शकुनि करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन्।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्चले चिन्ता बढाउन सक्छ। काममा ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ। अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुने छैन। पछि फाइदा हुने काममा जग बसाउने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त देखिए पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम परिस्थिति विचार गरेर मात्र गर्नुहाेला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धाको दौडमा समेत सजिलै जित हासिल हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिफल हातपार्न केही समय लाग्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिवश मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। स्वार्थका लागि धाउनेहरूबाट सजग रहनुहाेला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। केही घरायसी काम गर्न सकिनेछ। नयाँ योजना प्रारम्भ गर्न भने उपयुक्त साइत पर्खनुहोला।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया