
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्।
सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।
उनले सचिवस्तरबाट निर्णय भई आएका फाइल सदर गरेको र आफू कर्मचारीमाथि पूर्ण रूपमा विश्वस्त बनेको दाबी गरेको स्रोतको दाबी छ।
‘उहाँले हाम्रा प्रश्नको उत्तर दिँदा सचिवतिर देखाउनुभएको छ। खासगरी उहाँले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्नुभएको छ,’ स्रोतले भन्यो। अनुसन्धान अन्तिम अवस्थामा आइपुग्दा सो प्रकरणको मुद्दा बुझाउने चटारोमा रहेको प्रहरीले सोमबार र मंगलबार पूर्वगृहमन्त्री खाणसँग सरकारी वकिलसँगको रोहवरमा बयान लिएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि नीतिगत भ्रष्टाचार गरेको र अनधिकृत रूपमा आर्थिक लाभ लिएको आरोप लागेको छ। तर यी दुवैमा उनले अस्वीकार गरेको स्रोतले जनाएको छ।
सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।
खाण सरकारमा रहेका बेलाको मन्त्रिपरिषद्ले २०७८ पुस ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याकोे स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो। ‘यो विषयमा खाणले मन्त्रीस्तरीय निर्णयअनुसार सचिवले नै तयार पारेका आधारमा कर्मचारीले सबै काम गरेको बताएका छन्,’ स्रोतले भन्यो।
प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए। गिरोहका सदस्यहरूले आफूअनुकूल तोडमरोड गरी नक्कली शरणार्थीको नाम थपेको प्रतिवेदन मन्त्रालयमा राख्न लगाएका थिए।
पन्थीले बुझाएको प्रतिवेदनमा दर्तामा आएका भुटानी शरणार्थीलाई ‘स्मार्ट भुटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराएर वैज्ञानिक अभिलेखन गर्न सुझाइए पनि उनीहरूले कार्ड नै बाँडिसकेका थिए। त्यसमा पनि खाणको संलग्नता रहेको आरोप थियो। सो विषयमा पनि प्रहरीले प्रश्न गर्दा उनले आफूलाई जानकारी नभएको दाबी गरेका थिए।
खाणसँगै मन्त्रालयमा काम गरेका सचिव पाण्डेले मन्त्रीकै निर्देशनमा सबै काम गरेको बताएका थिए। प्रहरीले सचिव पाण्डेको मोबाइलमा मेटिएका समाग्री ‘रिकभर’ गरेर ल्याएपछि मात्रै पाण्डेले खाणकै निर्देशनमा आफूले सबै काम गरेको स्वीकार गरेका थिए।
प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए। नागरिक दैनिकबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया