SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२९ गते
    १०२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।

    अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

    समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए । ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्,’ समितिका एक सदस्यले जानकारी दिए ।

    समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट जवाफ नआएको ती सदस्यको भनाइ छ । ‘पार्टीमाथि यति गम्भीर आरोप लागेकाले स्पष्ट हुन हामीले कोर टिमबारे सोध्यौं । उनले म अहिले भन्दिनँ तर मलाई एक्लो पारिएमा एक दिन सार्वजनिक रूपमा प्रमाणसहित खुलासा गर्छु भनेका छन्,’ ती सदस्यले भने ।

    श्रेष्ठले पार्टी सभापतिलगायत कसैको विषयमा केही नबोलेको पनि ती सदस्यले बताए । ‘हामीले सोध्दा उहाँले सहानुभूतिको मात्र अपेक्षा गर्नुभएको देखियो,’ उनले भने ।

    समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पनि चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएको पुष्टि गरे । ‘प्रतिवेदन बुझाएका छौं । उहाँ (श्रेष्ठ) ले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाउँ भन्नुभएको थियो,’ न्यौपानेले भने, ‘तर, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको पार्टीको मूल मान्यताअनुसार सुझाव दिएका छौं ।’

    पार्टी र जनतालाई धोका दिएकाले उनलाई प्रतिनिधिसभा सदस्य र पार्टी सदस्यबाट हटाउनेसम्मको कारबाही गर्ने गरी सिफारिस गरिएको समितिका एक सदस्यको भनाइ छ । ‘हामीले सिफारिस गर्ने हो, अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने हो,’ उनले भने । रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा हुन् । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन् ।

    चितवनमा रहेका सभापति रवि लामिछानेलाई इमेलबाट प्रतिवेदन पठाएर फोन गरी प्राप्त भए नभएको सुनिश्चित गरिएको पनि ती सदस्यले बताए । उनले आफ्नो नाम भने उल्लेख गर्न मानेनन् । ‘केन्द्रीय समितिलाई हामीले जे सिफारिस गरेका छौं त्यसको हुबहु गर्नॅपर्छ भन्ने छैन । थप अनुसन्धान पनि हुन सक्छ । कारबाही घटाउन वा बढाउन पनि सक्छ,’ ती सदस्यको भनाइ छ ।

    गत, माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको बताएका छन् । २ करोड दिए कोर टिमले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै उनले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा मागेका थिए । कोर टिमबारे उनले फोन संवादमा भनेका थिए, ‘मुकुलजी (महामन्त्री ढकाल) लाई त्यति थाहा छैन सर यो ।

    आन्तरिक कुरा हो । मुकुलजी कोर टिममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुई–तीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टिमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नॅपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं