
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।
अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन् ।
समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए । ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्,’ समितिका एक सदस्यले जानकारी दिए ।
समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट जवाफ नआएको ती सदस्यको भनाइ छ । ‘पार्टीमाथि यति गम्भीर आरोप लागेकाले स्पष्ट हुन हामीले कोर टिमबारे सोध्यौं । उनले म अहिले भन्दिनँ तर मलाई एक्लो पारिएमा एक दिन सार्वजनिक रूपमा प्रमाणसहित खुलासा गर्छु भनेका छन्,’ ती सदस्यले भने ।
श्रेष्ठले पार्टी सभापतिलगायत कसैको विषयमा केही नबोलेको पनि ती सदस्यले बताए । ‘हामीले सोध्दा उहाँले सहानुभूतिको मात्र अपेक्षा गर्नुभएको देखियो,’ उनले भने ।
समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पनि चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएको पुष्टि गरे । ‘प्रतिवेदन बुझाएका छौं । उहाँ (श्रेष्ठ) ले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाउँ भन्नुभएको थियो,’ न्यौपानेले भने, ‘तर, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको पार्टीको मूल मान्यताअनुसार सुझाव दिएका छौं ।’
पार्टी र जनतालाई धोका दिएकाले उनलाई प्रतिनिधिसभा सदस्य र पार्टी सदस्यबाट हटाउनेसम्मको कारबाही गर्ने गरी सिफारिस गरिएको समितिका एक सदस्यको भनाइ छ । ‘हामीले सिफारिस गर्ने हो, अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने हो,’ उनले भने । रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा हुन् । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन् ।
चितवनमा रहेका सभापति रवि लामिछानेलाई इमेलबाट प्रतिवेदन पठाएर फोन गरी प्राप्त भए नभएको सुनिश्चित गरिएको पनि ती सदस्यले बताए । उनले आफ्नो नाम भने उल्लेख गर्न मानेनन् । ‘केन्द्रीय समितिलाई हामीले जे सिफारिस गरेका छौं त्यसको हुबहु गर्नॅपर्छ भन्ने छैन । थप अनुसन्धान पनि हुन सक्छ । कारबाही घटाउन वा बढाउन पनि सक्छ,’ ती सदस्यको भनाइ छ ।
गत, माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको बताएका छन् । २ करोड दिए कोर टिमले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै उनले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा मागेका थिए । कोर टिमबारे उनले फोन संवादमा भनेका थिए, ‘मुकुलजी (महामन्त्री ढकाल) लाई त्यति थाहा छैन सर यो ।
आन्तरिक कुरा हो । मुकुलजी कोर टिममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुई–तीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टिमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नॅपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।’



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया