SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२७ गते
    ११८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका छन् ।

    मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका छन् ।

    मेयरको निर्देशनअनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आज आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको छ ।

    केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएको हो ।

    शुक्रबार तीनकुने गौरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको कामपालाई गृह प्रशासनले पूर्ण असहयोग गरेको थियो । त्यसैको बदला लिन शनिबार बिहानै मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा ट्विट गर्दै देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्।

    शनिबार सिंहदरबारमा फोहोर संकलन गर्न पुगेको नेप्से म्याकको सवारीलाई महानगरको प्रहरीले नियन्त्रणमा लिएपछि नेप्से म्याकले शनिबारबाटै फोहोर उठाएको छैन ।

    नेप्सेम्याकका सञ्चालक एवं फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले कामपा वातावरण व्यवस्थापन विभागले पाँच निकायबाट फोहोर संकलन नगर्न अनुरोध गरेपछि हिजैबाट बन्द गरेको जानकारी दिए । यद्यपि, उनले फोहोर संकलनमा रोक लगाएकोमा असन्तुष्टि जनाए ।

    मेयर साहले सामाजिक सञ्चालनमा आपत्तिजनक अभिव्यक्ति दिएर फोहोर रोक लगाएपछि उनको तीव्र आलोचना भएको छ ।

    उनले शनिबार दिउँसो फेरि अर्को स्ट्याटस लेख्दै ट्विट गरेका छन्– ‘साच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ ।

    मेयर साहले दुई साता अघिदेखि नै फोहोर रोक्ने तयारी गरेका थिए । तर, अन्तिमपटक शुक्रबार गृहमन्त्रालयसँग सुकुम्बासी बस्ती हटाउन सहयोगको याचना गर्दा सहयोग नगरेपछि उनले फोहोर उठाउन रोकेका हुन्। नेपाल समाचारपत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं