SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२५ गते
    १९८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ ।

    देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक रोजगारीमा जाने युवाको दर जसरी बढिरहेको छ, त्यसैगरी वैदेशिक रोजगारीमा रहँदा मृत्युवरण गर्ने युवाको संख्या पनि उकालो चढिरहेको छ ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन औसतमा तीनवटा युवाको शव बन्द बाकसमा फर्किन्छन् । बाकसमा फर्किएका ती अभागी युवाका शवहरूलाई पनि दलाली आँखाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोजिरहेका हुन्छन् । विदेशको भूमिबाट जब शव बाकसमा बन्द भएर नेपाल ल्याउन ‘लोड’ गरिन्छ, यहाँ दलालहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्छन् ।

    उल्लिखित तथ्य बनावटी होइन । वैदेशिक रोजगारीमा रहेका युवाको मृत्यु हुँदा परिवारलाई प्राप्त हुने रकमको लोभमा दलालहरूले संगठित गिरोह नै सञ्चालन गरेको भनी प्रहरीले गरेको खुलासाबाट त्यसको पुष्टि हुन्छ ।.आजको नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं