
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुई थरी मत देखिएको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको शुक्रबार सकिएको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता निर्विकल्प रहेको बताएका छन् भने केही सांसदसहित अधिकांशले विकल्पमा जानुपर्ने धारणा राखेका छन् । एकताबारे निर्णय गर्ने जिम्मा भने स्थायी कमिटी सदस्यलाई दिइएको छ ।
नेता नेपालले एकता कि विद्रोह भन्नेमा निर्णायक कदम चाल्न परामर्शका लागि आफ्नो समूहका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकको सुरुमा नेता नेपालले एकताका लागि विश्वासको संकट रहेको बताएका थिए ।
बैठकमा ५५ सदस्यले धारणा राखेका थिए । धेरैजसो केन्द्रीय सदस्यहरूले सम्मानजनक एकता र नेतृत्वबीचको शक्ति बाँडफाँटबाहेक ओलीको उधारो आश्वासनमा एकता नगर्न सुझाएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । ‘एकताका नाममा लामो समय अनिर्णयको बन्दी बन्न नहुने मत धेरैबाट आएको थियो,’ उनले भने ।
बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि पनि प्रश्न उठेको थियो । कार्यदलका सदस्यहरूले दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको तर्क गरेका थिए । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम आचार्यलगायत नेताले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राखेका थिए ।
बिहीबारको बैठकमा रावलले दसबुँदे सहमति र पछिल्ला दिनमा एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेका थिए । ‘दसबुँदे उपलब्धि हो । यसलाई कार्यान्वयन गरेर जानुपर्छ । एकतामा जोड दिनुपर्छ,’ नेता पाण्डेले बैठकमा भनेका थिए । नेता भुसालले दसबुँदे सहमति कार्यान्वयनमा समस्या आएको बताए ।
‘हामीले दसबुँदेलाई उपलब्धि मान्यौं तर दसबुँदेकै सन्दर्भमा जे हुन्छ भनेर सहमत भएका थियौं । सहमति भइसकेको कुराबाट पछाडि हट्ने काम भएको छ । त्यसलाई राम्रो मान्न सकिँदैन । यो कार्यान्वयन नभई अगाडि बढ्न सक्दैनौं,’ उनले भनेका थिए ।
दसबुँदे सहमति उपलब्धि भए पनि पर्याप्त नरहेको मत राख्ने केन्द्रीय सदस्यहरूको संख्या ठूलो छ । ‘दसबुँदेमा कमी छ, यसलाई जस्ताको तस्तै स्वीकार गरेर जान सकिँदैन भन्ने मत बलियो देखियो,’ एक केन्द्रीय सदस्यले भने । यस्तो मत राख्ने नेताहरूले ओली पक्षले अघि बढाएका सदस्यता नवीकरण, विधान महाधिवेशनलगायत गतिविधि नरोकिए विकल्प सोच्नुपर्ने बताएका थिए ।
उनीहरूले धेरै समय नअल्झिन पनि नेतृत्वलाई आग्रह गरेका छन् । ‘ओलीले आफ्ना गतिविधि रोकेनन् भने हामीले पनि समानान्तर गतिविधि रोक्नु हुन्न । त्यसका लागि २४ गतेसम्म पर्खिनुपर्छ । २४ गतेको बैठक ओली पक्षले रोक्छन् कि रोक्दैनन् हेर्नुपर्छ । गतिविधि नरोकिए आफ्नो ढंगले अगाडि बढ्ने विकल्प हुनुपर्छ,’ एक केन्द्रीय सदस्यले भनेका थिए । बिहीबारको बैठकमा नेता नेपालले पनि साउन २४ भित्र हेरेर निर्णय लिने बताएका थिए ।
निर्विकल्प एकताको पक्षमा सचिव भीम आचार्य, केन्द्रीय सदस्यहरू निरज आचार्य, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, बलदेव चौधरीलगायतले मत राखेका छन् । उनीहरूले एमाले विभाजन भए देश र संविधानमा क्षति हुने तर्क गरेका थिए । कार्यकर्ता विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै उनले पार्टी विभाजनको पक्षमा हस्ताक्षर गर्न नहुने बताएका थिए । तर, अधिकांश केन्द्रीय सदस्यले एकतालाई निर्विकल्प मान्न नसकिने धारणा राखेको भुसालको भनाइ छ । ‘हामीले एकतामा जोड दिने हो तर एकतालाई निर्विकल्प भनेर जानु हुँदैन भन्नेमा अधिकांश कमरेडको मत छ,’ उनले भने ।
अर्का एक केन्द्रीय सदस्यले ओली पक्षसँग एकता हुने सम्भावना कम रहेकाले आफ्नो ढंगले अगाडि बढ्नुपर्ने मत अधिकांश केन्द्रीय सदस्यबाट आएको बताए । ‘आफ्नो ढंगले अगाडि बढौं भन्नुको मतलब प्रकारान्तरले अर्को पार्टी बनाउने भन्ने नै हो,’ उनले भने । यस्तो मत मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामकुमारी झाँक्री, विरोध खतिवडा, जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, विजय पौडेल, बलराम बाँस्कोटा, वसन्त मानन्धर, रामचन्द्र यादवलगायतको थियो ।
ती सदस्यका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनुपर्छ भन्ने मत राख्नेमा केन्द्रीय सदस्य मेटमणि चौधरी र प्रेम आले मात्रै छन् । विश्वासको मत दिएर संसद् जोगाएको भन्दै सरकारमा जानुपर्ने तर्क उनीहरूले गरेका थिए । पार्टी एकता वा नयाँ पार्टी भन्नेमा नेपाल समूहमा दुई धार देखिए पनि दसबुँदे सहमतिलाई उपलब्धि मान्ने तर यसकै आधारमा मात्र एकता गर्न नसकिने साझा धारणा रहेको भुसालले बताए ।
‘एकता भनेको हाम्रा अडान छाडेर लत्रेर गर्ने भन्ने हुँदैन । सम्मानजनक हुनुपर्छ । त्यो भएको खण्डमा एकतामा जोड गरौं भन्ने जोड छ,’ उनले भने । एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटी रहेकामा १२ जनाको राजनीतिक नियुक्ति र निधनले अहिले १ सय ९१ सदस्यीय भएको छ । त्यसमा नेपाल पक्षका ८६ सदस्य छन् । माओवादी केन्द्रसँग तीन वर्षअघि पार्टी एकता हुँदा ४५ सदस्य थपिएको थियो । त्यसमा पनि १४ जना सदस्य आफ्नो पक्षमा रहेको नेपाल समूहको दाबी छ ।
नेपाल समूहको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको असार २८ गतेको फैसलालाई स्वागत गरेको छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार केन्द्रीय कमिटीको म्यान्डेटका आधारमा स्थायी कमिटीले उपयुक्त समयमा निर्णय लिने बताए । बैठकले पार्टी एकताका लागि संवाद भइरहेका बेला सांगठनिक गतिविधि रोक्न अध्यक्ष ओलीको ध्यानाकर्षण पनि गराएको छ । पार्टी एकताका लागि कुरा चलिरहेको अवस्थामा एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्नॅ एकतालाई भाँजो हाल्ने काम हुन जाने निष्कर्ष बैठकले निकालेको पन्तले बताए । ओली पक्षलाई यस्ता गतिविधि रोक्न माग पनि बैठकले गरेको छ ।
पार्टीका विभिन्न नेतालाई लाञ्छना लगाउन र आरोपित नगर्न दुवै पक्षलाई बैठकले ध्यानाकर्षण गराएको छ । ‘पार्टी एकताका लागि दसबुँदे सहमति भएको र वार्ता चलिरहेका बेला पार्टीका वरिष्ठ नेता नेपाललगायत विभिन्न नेतामाथि अनेक प्रकारका टिप्प्णी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । त्यसप्रति बैठकले दुःख व्यक्त गरेको छ,’ पन्तले भने । बैठकमा नेता नेपालले आफू एकताको पक्षमा रहेको बताएका छन् । ‘हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ । ओलीले जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु,’ नेपालले भनेका थिए ।
एमालेको ओली पक्षले पार्टी एकताका नाममा गतिविधि नरोक्ने भएको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको चुनाव नजिक आइरहेको र महाधिवेशन गर्नॅपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने बताए । ‘पार्टीका नियमित काम अघि बढ्छन् । छलफलका नाममा पार्टी कामलाई रोक्ने गतिरोधमा जाने भन्ने हुन्न,’ उनले भने ।
विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी सदस्य, प्रदेशका नेता, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समिति सदस्यहरूको बैठक शुक्रबार पनि बसेको थियो । एमालेले भदौ २७–२८ मा काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । विधान महाधिवेशनबारे थप छलफल गर्न २४ गते केन्द्रीय कमिटीको बैठक बस्दै छ, आजको कान्तिपुर दैनिकमा बबिता शर्माले समाचार लेखेकी छिन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया