
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
करिब एक अर्ब २० करोड मूल्यबराबरको सम्पत्ति पूर्वअधिराजकुमारी प्रेरणारज्यलक्ष्मी शाहलाई थप एक वर्ष निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय भएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपाल ट्रस्टको कार्यालयले एक वर्षका लागि उनलाई घरजग्गा प्रयोग गर्न निःशुल्क दिने निर्णय गरेको हो । यस्तो निर्णय भएको एक साता नबित्दै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । गत २४ असारमा बसेको नेपाल ट्रस्टको बैठकले उनलाई एक वर्ष समय थप गर्ने निर्णय गरेको हो ।
‘७ असारदेखि लागू हुने गरी सो घरजग्गा प्रयोग गर्न दिने निर्णय भएको छ’, नेपाल ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव तुलसीनाथ गौतमले भने, ‘यसपटक अन्तिमपटकका लागि भनेर म्याद थप भएको छ ।’
सबै कानूनी लडाईं सकिएपछि राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर उनले सम्पत्ति छाड्न मानेकी छैनन् । हालसम्म प्रेरणाका लागि तीनपटक गरेर तीन वर्षका लागि म्याद थप भइसकेको छ ।
गत ७ पुसमा पनि अन्तिमपटकका लागि भनेर ६ महिना म्याद थप भएको थियो । जसअनुसार ६ असारभित्र उनले घरजग्गा खाली गर्नुपर्ने थियो । ताहाचलस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको घर नेपाल ट्रस्टको हुने फैसला चार वर्षअघि नै सर्वोच्च अदालतले गरिसकेको छ ।
तर, अहिलेसम्म सो सम्पत्ति ट्रस्टले आफ्नो मातहत ल्याउन सकेको छैन । लकडाउनका कारण नयाँ घर बनाउन नसकेको, आफ्नो परिवारका सदस्यको मृत्यु भएको कारण देखाउँदै प्रेरणाले तत्कालीन प्रधानमन्त्री ओलीलाई थप समय दिन पत्र लेखेकी थिइन् ।
सोही पत्रका आधारमा ओलीले म्याद थप गर्न लिखित रुपमै निर्देशन दिएका थिए । गत २४ असारमा बसेको ट्रस्टको सञ्चालक समिति बैठकले म्याद थप गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिकाबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया