SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२४ गते
    ९७७ &#२३४६;&#२३३५;&#२३२५;

    करिब एक अर्ब २० करोड मूल्यबराबरको सम्पत्ति पूर्वअधिराजकुमारी प्रेरणारज्यलक्ष्मी शाहलाई थप एक वर्ष निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय भएको छ ।

    निवर्तमान प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपाल ट्रस्टको कार्यालयले एक वर्षका लागि उनलाई घरजग्गा प्रयोग गर्न निःशुल्क दिने निर्णय गरेको हो । यस्तो निर्णय भएको एक साता नबित्दै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । गत २४ असारमा बसेको नेपाल ट्रस्टको बैठकले उनलाई एक वर्ष समय थप गर्ने निर्णय गरेको हो ।

    ‘७ असारदेखि लागू हुने गरी सो घरजग्गा प्रयोग गर्न दिने निर्णय भएको छ’, नेपाल ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव तुलसीनाथ गौतमले भने, ‘यसपटक अन्तिमपटकका लागि भनेर म्याद थप भएको छ ।’

    सबै कानूनी लडाईं सकिएपछि राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर उनले सम्पत्ति छाड्न मानेकी छैनन् । हालसम्म प्रेरणाका लागि तीनपटक गरेर तीन वर्षका लागि म्याद थप भइसकेको छ ।
    गत ७ पुसमा पनि अन्तिमपटकका लागि भनेर ६ महिना म्याद थप भएको थियो । जसअनुसार ६ असारभित्र उनले घरजग्गा खाली गर्नुपर्ने थियो । ताहाचलस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको घर नेपाल ट्रस्टको हुने फैसला चार वर्षअघि नै सर्वोच्च अदालतले गरिसकेको छ ।

    तर, अहिलेसम्म सो सम्पत्ति ट्रस्टले आफ्नो मातहत ल्याउन सकेको छैन । लकडाउनका कारण नयाँ घर बनाउन नसकेको, आफ्नो परिवारका सदस्यको मृत्यु भएको कारण देखाउँदै प्रेरणाले तत्कालीन प्रधानमन्त्री ओलीलाई थप समय दिन पत्र लेखेकी थिइन् ।

    सोही पत्रका आधारमा ओलीले म्याद थप गर्न लिखित रुपमै निर्देशन दिएका थिए । गत २४ असारमा बसेको ट्रस्टको सञ्चालक समिति बैठकले म्याद थप गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं