
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन मंसिरमा गर्नेगरी आन्तरिक छलफल थालेका छन्। पार्टीको क्रियाशील सदस्यता विवाद, कोरोना भाइरस संक्रमणसहितका विषय विद्यमान रहेको भन्दै देउवाले मंसिरमा महाधिवेशन गर्न सकिने निकटहरूसँग बताएका हुन्।
मंसिरसम्म महाधिवेशन गर्दा संवैधानिक व्यवस्था विपरीत नहुने र निर्वाचन आयोगले त्यसलाई मान्ने बताउँदै देउवाले निकटहरूसँग पार्टीको क्रियाशील सदस्यताको विषयका नेता रामचन्द्र पौडेल पक्षले अनावश्यक विवाद निकाल्न थालेको आरोप लगाएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाएको विषयमा पनि अहिले प्रशन गर्न थालिएको र पार्टी उपभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसहमतिले गरेको निर्णयमा पनि प्रश्न उठाएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन्।
निकटहरूसँग निरन्तर छलफलमा रहेका देउवाले मंगलबार साँझ उपसभापति निधिलाई सरकारी निवास बालुवाटार बोलाएर कुरा गरेको स्रोतको दाबी छ। १४औं महाधिवेशनमा निधि सभापतिको प्रत्यासी बन्ने बताएपछि देउवा र निधि भेट पातलिएको छ। देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले समायोजन समितिले सर्वसम्मतिबाट गरेको निर्णय केन्द्रीय समितिमा पेश गरी पारित गरिसको विषयमा पौडेल पक्षले विवाद निकालेको बताएका छन्।
पौडेल पक्षको आग्रह्मा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहितका जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। समायोजनका बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्न बताएका थिए।
जवाफमा देउवाले सदस्यता र समायोजनका विषयमा पौडेल पक्षले अनावश्यक विवाद निकालेको बताएका थिए। बुधबार दिउँसो पदाधिकारी बैठक राखेको र त्यसबाट सबै विषय टुंगोमा पुर्याउने बताएको बालुवाटार स्रोतको दाबी छ। देउवाले बुधबार दिउँसो ३ बजे बैठक बोलाएका छन्।
निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने यसअघि नै बताएको भन्दै फेरि देउवासँग सहयोग मागेका थिए। तर, देउवाले पुरानै जवाफ फर्काउँदै अहिले आफूलाई सहयोग गर्न र १५औं मा निधिलाई सहयोग गर्ने बताएका छन्।
भेटमा निधिले मन्त्रिपरिषद्लाई समावेशी र सबै क्षेत्र र भूगोलको प्रतिनिधित्व गराउन आग्रह गरेका छन् । प्रस्तावित सहकारी बैंक स्थापना, राजर्षी जनक विश्वविद्यालयका जग्गा प्राप्ति र महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको संगठानात्मक संरचना बनाउन पनि देउवालाई आग्रह गरेको स्रोतको दाबी छ। नागरिक दैनिकले खबर छापेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया