
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरूले बिहीबार दिउँसो सिंहदरबारमा छलफल गरेका छन्। भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्टलगायतले नेपाल पक्षको स्थायी कमिटी बैठक राखेर विवाद निरूपणका लागि केके विषय आवश्यक छन् भन्नेबारे छलफल गर्ने र बैठकबाटै अजेन्डा पास गर्नेगरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्।
पार्टीको विवाद लम्बिदै जाँदा झन् समस्या परेको र पार्टीको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपसमेत हुन थालेको निष्कर्षमा पुगेका उनीहरूले तत्कालै बैठक राखेर त्यहींबाट विषयवस्तु निर्धारण गनुपर्ने ठहर गरेका हुन्। बैठकमा दोस्रो र तेस्रो तहका अन्य नेता पनि सहभागी थिए। उनीहरू नेपाल र दाहालको भेटघाटबाट पनि धेरै कुरा शंकाको घेरामा भएको निचोडमा पुगेका छन्।
‘प्रचण्ड (दाहाल) ले नेपाललाई सरकारमा सहभागी गराउन दबाब दिइरहेका छन्। यो भनेको एमाले विभाजन गर्ने उद्देश्य हो। संस्थागत निर्णय नभए पनि व्यक्तिगत रूपमा एमालेका कोही व्यक्तिको नामा दिनुस् भनेको सूचना छ। यसले राम्रो सन्देश जाँदैन र पार्टी विभाजनकै दिशमा लैजान्छ’, बिहीबारको बैठकमा सहभागी एक नेताले भने। उनीहरू ओली–नेपालवीच संवाद गराएरै अघि बढ्नुपर्नेमा एकमत भएका छन्।
यसैबीच एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार नेपाललाई भेटेर विवाद टुंग्याउन आग्रह गरेका छन्। यसका लागि ओलीसँग वार्ता गर्न समेत उनले आग्रह गरे। कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट नेम्वाङ संयोजक थिए। ‘एकताका सन्दर्भमा कुराकानी भयो। तपाईं र अध्यक्ष भेटघाट गर्नुहोस्। कुराकानी गर्नुहोस्। एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने। कार्यदलले तयार पारेको १० बुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए।
जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए। ‘उहाँले ठीकै छ, छलफल गरौंला नि भन्नुभयो। अरूसँग पनि भेटघाट गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने। पार्टी अध्यक्ष ओलीले बुधबार ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसँग एकता प्रकृया चाँडो टुंग्याउनुपर्ने बताएपछि नेम्वाङले ओली–नेपालबीच संवाद गराउन पहल थालेका हुन्। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया