
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं,। सशस्त्र प्रहरी बलभित्र माथिल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरी निरीक्षकदेखि एसपीसम्मकै वृत्ति विकासमा असर परेको छ। प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्ष पुग्दा पनि एउटै दर्जामा रहनु डिएसपीदेखि एसएसपीसम्मको बढुवा पनि समयमा नहुँदाउनीहरूको वृत्तिविकासमा असर पुगेको हो। माथिल्लो तहमा बढुवाको प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतहरूमा निशासा छाउन थालेको छ।
सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरूलाई संगठनभित्र भावी महानिरीक्षक (आइजिपी) का रूपमा हेरिने भए पनि उनीहरूको समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायब उपरीक्षक (डिएसपी) मै घर जाने अवस्था सिर्जना हुन थालेको छ। प्रहरी निरीक्षकको बढुवा सामान्यतया १० देखि ११ वर्षभित्र भइसक्नुपर्ने भए पनि सशस्त्र प्रहरीमा १६ वर्षसम्म पनि बढुवा हुन सकेको छैन।
सशस्त्र प्रहरीका अधिकारीहरूको वृत्ति विकासबारे गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पटकपटक छलफल भए पनि मन्त्रालय तहबाटै उचित निकास नआउँदा उनीहरूको बढुवा रोकिएको हो। भर्ना भएको लामो समयसम्म पनि वृत्तिविकासमा परेको असरले उनीहरू सेवामा रहिरहने कि राजीनामा दिने भनी दोधारमा मात्र छैनन्, भर्ना हुन चाहनेका लागि समेत सशस्त्र प्रहरी अकार्षण बन्न नसकेको अवस्था छ। ‘एक पदमा लामो समय भयो काम गरेको, बढुवा हुन लामो समय पर्खनुपर्छ। वृत्तिविकासमा भएको ढिलाइका कारण सशस्त्र प्रहरीमा आकर्षण पनि कम हुन थालेको छ,’ सशस्त्र प्रहरीका एक डिएसपीले भने।
सशस्त्रमा हाल डिएसपीदेखि नायब महानिरीक्षक (डिआइजी) सम्म १ सय १० पद रिक्त रहे पनि बढुवा प्रक्रिया अगाडि बढेको छैन। ‘१५ वर्ष भयो जागिर खाएको, एउटै पदमा काम गर्नु परेको छ। कमान्ड गर्ने स्थान पनि फरक छैन,’ २०६३ मा भर्ना भएका एक प्रहरी निरीक्षकले भने।
सशस्त्र प्रहरी प्रवक्ता डिआईजी राजु अर्यालले बढुवाको आफ्नै प्रक्रिया भएकाले स्वाभाविक रूपमा बढुवा हुँदै जाने बताए। उनले दुई डिआइजी र एसपीको बढुवा भइसकेको बताए। ‘अन्य विषयमा मलाई जानकारी छैन। संगठनमा दरबन्दी पनि थपिने कुरा भएको यसबाट केही समस्या समाधान हुन्छ कि,’ प्रवक्ता अर्यालले भने।
नेपाल प्रहरीमा सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सई) मा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका अधिकृतहरू उपरीक्षक (एसपी), वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बनिसक्दा पनि खुला प्रतिस्पर्धामार्फत इन्सपेक्टर भएकाहरू १५ वर्ष कटिसक्दा उनीहरूको बढुवा सुरु भएको छैन।
नेपाल प्रहरीमा प्राविधिकमा भर्ना भएका सईहरू सशस्त्रमा स्थानान्तरण भएपछि अहिलेको बढुवामा डिआइजी बनेका छन्। भर्खरै बढुवा भएका डिआइजी कालीदास धौबजी नेपाल प्रहरीको सईबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। नेपाल प्रहरीमा उनीसँगै भर्ना भएकाहरू भने अहिले पनि इन्सपेक्टर र डिएसपी छन्।
नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण हुँदा प्राविधिकलाई पनि गैरप्राविधिक (इन्फेन्ट्री) मानिएकाले उनी डिआईजी भएका हुन्। नेपाल प्रहरी र नेपाली सेनाबाट स्थानान्तरण भई गएकाहरूले राम्रो अवसर पाए पनि सशस्त्रमै खुला प्रतिस्पर्धामार्फत प्रवेश गरेकाहरू भने वृत्ति विकासमा पछि परेका छन्। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचरा लेखेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया