
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।
यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए। विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने हाल यो संख्या प्रशस्त रहेको उनको भनाइ छ।
‘काठमाडौंमा राम्रा स्कुलहरू पनि प्रशस्तै छन्,’ एकाइ प्रमुख पौडेलले नागरिकसँग भने, ‘प्राक्टिकलमा स्कुलहरूले २५ नम्बर पुरै दिएका छन् । सैद्धान्तिकमा पनि राम्रै अंक दिएका छन्।’ उनले थपे, ‘३७ हजार ३ सय विद्यार्थीमध्ये प्रशस्तैले यसपटक ९० प्रतिशत अंक ल्याएको देखियो।
नतिजा प्रकाशित नभएको र गोपनीयताका कारण ठ्याक्कै संख्या अहिले सार्वजनिक गर्न मिल्दैन।’उनले सरकारी तथा निजी दुवैखाले विद्यालयले राम्रो देखाउन पनि विद्यार्थीलाई राम्रै अंक दिएको बुझिएको जनाए। काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको तथ्यांक इन्ट्री गर्ने काम अन्तिम चरणमा पु¥याएको र यो साता राष्ट्रिय परीक्षा बोर्डमा विद्यार्थीको अंक तालिका बुझाइने पौडेलले बताए।
त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट अंक प्राप्त गरेको जनाइएको छ। अनलाइनबाट परीक्षा लिने पद्धतिले विद्यार्थीको अंक राम्रो आएको प्रधानाध्यापक हेरम्बराज कँडेलले जनाए। यो स्कुलबाट यसपटक २ सय ६२ विद्यार्थीले एसइई परीक्षा दिएका छन्।
‘अनलाइन परीक्षा लिँदा विद्यार्थीले उत्कृष्ट अंक प्राप्त गरेका छन्,’ कँडेलले नागरिकसँग भने, ‘हाम्रो स्कुलमा सबै विद्यार्थीले परीक्षामा उत्कृष्टनै गरेका छन्।’ उनले थपे,‘अनलाइन कक्षामा विद्यार्थी र शिक्षक दुवैले नियममित कक्षा लिएर धेरै मिहिनेत गर्नुभएको छ। नतिजा पनि राम्रो छ।’ गणितबाहेक सबै विषयमा प्राक्टिल भएकाले पनि विद्यार्थीको नतिजा राम्रो भएको उनको भनाइ छ।
राष्ट्रिय परीक्षा बोर्डका एसइई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले साउनको अन्तिम साता एसइई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड जुटेको बताए। उनका अनुसार हालसम्म ३० जिल्लाबाट विद्यार्थीको अंकतालिका पनिकालाई प्राप्त भइसकेको छ भने अझै ४७ जिल्लाबाट आउन बाँकी छ। विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीको अंक तालिका पठाउने हो। एकाइले प्रमाणित गरेर हार्डकपी केन्द्रमा पठाउने व्यवस्था छ। रूबी रौनियारले नागरिक दैनिकले खबर लेखेकी छिन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया