
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ — कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको कुराकानीमा उनले आफूसहित तीन नेपाली र १० बंगलादेशी सामुद्रिक मार्ग हुँदै क्यारेबियन कोस्टस्थित कपुरगाना जान लागेको बताए । एकदमै हतारमा देखिएका उनले काकालाई भने, ‘अब एक साता मेरो फोन लाग्दैन । चिन्ता नगर्नू ।’
दुई मिनेट १७ सेकेन्ड लामो भिडियो कुराकानीको अन्त्यमा एन्जलले चिन्ता नगर्नु भनेको तीन दिनपछि एक जनाले जनकलाई कोलम्बियामा पानीजहाज दुर्घटना भएको खबर सुनाए । उनले यो खबरको पुष्टि गर्न एन्जललाई अमेरिका पठाउने जिम्मा लिएका अनेकन एजेन्ट, एन्जलसँगै होटलमा बसेका तर त्यो यात्रामा नमिसिएका नारायण भन्ने अर्का नेपाली र डुंगा दुर्घटनामा परेर बाँचेका एक बंगलादेशीसँग कुराकानी गरे ।![]()
सबैसँगको कुराकानीपछि उनले थाहा पाए– होटलबाट निस्केका तीन नेपालीसहित १३ जनाको टोलीमा अर्को होटलमा बसेका पाँच जना नेपाली पनि मिसिएका रहेछन् । जनकले घटनाबारे कान्तिपुरलाई सुनाए, ‘सबैसँगको कुराकानीबाट दुर्घटनामा परेर एन्जलको मृत्यु भएको निष्कर्ष निकाल्यौं ।’ घटनाक्रमको विश्लेषणपछि घोराही–१२ का वडाध्यक्ष राजेन्द्र बुढाले छोरा एन्जलको विधिपूर्वक किरिया गरिसकेका छन् ।
गहिरो शोकमा डुबेका राजेन्द्रले दुनियाँले तेरो छोरा कहाँ पुग्यो भनेर सोध्ने गरेको पृष्ठभूमि बाँध्दै भने, ‘साँच्चै भगवान् छ भने मेरो छोरासँग स्वर्गमा भेट होला ।’ अवैध बाटोबाट अमेरिका जान हिँडेकाहरू कोलम्बियाको दुर्गम गाउँ कपुरगानाबाट छिमेकी देश पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घनाजंगलको बाटो हुँदै पानामा छिर्ने गर्छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले सन् २०१६ मा प्रकाशित गरेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनमा डेरियन ग्यापको यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिइएको छ । कपुरगानापछि सुरु हुने यही जंगल यात्रालाई इंगित गर्दै एन्जलले अंकललाई फोन नलाग्ने कुरा बताएको बुझ्न सकिन्छ ।
दुर्घटनापछि उद्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए । तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भएको छ । अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन् । स्टेसनले जनाएअनुसार घटना १९ जुन (असार ५) मा भएको हो ।
असार १० र ११ गते बंगलादेशबाट प्रकाशित पत्रिका ‘डेली स्टार’ ले पनि कोलम्बियाको पोएर्तो स्कोन्दिदोस्थित क्यारेबियन सागरमा ८ नेपाली र १० बंगलादेशी आप्रवासीहरू चढेको डुंगा दुर्घटनामा परेको समाचार छापेको छ । उक्त समाचारमा पाँच जनाको उद्धार भएको र तीमध्ये ३ जना बंगलादेशीको पहिचान भए पनि दुई जनाको परिचय नखुलेको उल्लेख छ ।
उक्त डुंगामा सवार ८ नेपालीमा एन्जलसहित दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतकै ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन् । तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन् ।
एन्जलको परिवारले दुर्घटनामा परेर आफ्नो मान्छेको मृत्यु भएको टुंगो लगाए पनि डुंगामा सवार अरू परिवारका सदस्य घटना के भएको हो भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । त्यसो त डुंगा चढ्न होटलबाट हिँडेको बताएका कोही पनि त्यसयता परिवार वा आफन्तीको सम्पर्कमा आएका छैनन् । डुंगामा सवार कुश्माका दिनेश गौतमका दाजु दीपकले घटनाको दिनयता भाइसँग कुनै सम्पर्क नभएको बताए । उनले भने, ‘कसैले के भन्छन्, कसैले के भन्छन् । दुर्घटनामा कतिको मृत्यु भएको हो, को–को बाँचेका हुन्, केही यकिन गर्न सकिरहेका छैनौं । चिन्ता मात्रै बढेको छ ।’
दीपकले म्याग्दीका प्रकाशसँगको कुराकानी उद्धृत गर्दै भने, ‘प्रकाशले आफूलाई छालले हुत्याएको, केही डुब्न लागेको डुंगामा झुन्डिएको देखेको र पछि क–कसको के भयो थाहा नभएको बताए ।’ कान्तिपुरले डुंगा दुर्घटनामा बाँचेका प्रकाशसँग पनि सम्पर्क गरेको थियो । ह्वाट्स एपमार्फत सम्पर्कमा आएका प्रकाशले आफूलाई अहिले ठीक भएको बताए पनि अरूको अवस्थाबारे केही उत्तर दिएनन् ।
दुर्घटनामा ८ जना नेपाली परेको पुष्टि भए पनि कति जनाको मृत्यु भएको हो, मृत्यु भएका भनिएकाको शव कहाँ राखिएको छ, तिनीहरूलाई कसले कोलम्बियासम्म पुर्याएको हो भन्नेबारे सरकारी तवरबाट कुनै सूचना सार्वजनिक भएको देखिन्न । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले कोलम्बियामा भएको डुंगा दुर्घटनामा नेपाली परेको विषयमा एक जनाको परिवारका सदस्यले आफूलाई व्यक्तिगत रूपमा जानकारी गराएको बताइन् ।
कोलम्बियामा भएको दुर्घटनामा नेपालीको मृत्यु भएको जानकारी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई पनि सरोकारवाला परिवारका सदस्यले मौखिक रूपमा गराएका थिए । मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले कोलम्बिया घटनाबारे आफूहरूले कुनै औपचारिक सूचना नपाएको बताए । प्रहरी वा निजामती कर्मचारीको तहबाट पनि यो घटनाबारे चासो राख्ने, परिवारजनलाई आवश्यक सूचना दिने तथा घटनामा जिम्मेवारहरूको पहिचान र खोजी गर्ने काम भएको देखिन्न ।
डुंगा दुर्घटनाबारे बुझ्न कान्तिपुरले सम्पर्क गरेका एक दर्जन सूचना स्रोतले दिएको जानकारी केलाउँदा ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट उडाएका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ ।
सम्पर्कमा आएका परिवारका सदस्यहरूका अनुसार चैत २३ गते पर्वतका दिनेश र म्याग्दीका प्रकाश विकसँगै अमेरिका जान भन्दै काठमाडौंबाट दुबई पुगेका थिए । दुबईमा केही दिन बसेर उनीहरूलाई एजेन्टले मस्को–जर्मनी–ब्राजिल हुँदै कोलम्बिया पुर्याएको देखिन्छ । दाङका जनकका अनुसार एन्जल र रेशम डिंगा मगर दाङबाट चैतको १७ गते दाङबाट काठमाडौं आएर दुबईका लागि उडेका थिए । अरूचाहिँ कसरी र कहिले कोलम्बिया पुगेका हुन् भन्नेबारे सूचना प्राप्त हुन सकेन ।
काइँलो काका जनकका अनुसार एन्जललाई एजेन्टले करिब दुई महिना दुबईमै राखेका थिए । त्यहाँबाट एन्जल, दाङकै हेमराज अधिकारीसहित तीन जना युक्रेन हुँदै फ्रान्स र त्यहाँबाट कोलम्बिया पुगेको देखिन्छ । कोलम्बिया पुगेपछि हेमराज र एन्जललाई कोरोना संक्रमण पुष्टि भएकाले उनीहरू राजधानी बोगोटाको एक होटलमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । काका जनकका अनुसार संक्रमणमुक्त भएपछि उनीहरूलाई एजेन्टले राजधानी बोगोटाबाट झन्डै साढे ४ सय किलोमिटरको टाढा रहेको मेडलिन सहर पुर्याएको देखिन्छ । एन्जलले आफूहरूलाई मेडलिन सहरमा प्रहरीले समातेको तर एजेन्टले छुटाएर निकोक्लीको सहर पुर्याएको बताएका थिए ।
अमेरिका पुर्याउने भन्दै मानव तस्करको संगठित एजेन्टहरूले आठै नेपालीलाई पछिल्लो दुई महिनादेखि कोलम्बियामा रोकेर राखेको थिए । कोलम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले औसतमा जनही ३० लाख आसपासमा खर्च गरेको देखिन्छ । जनकका अनुसार एन्जलले मात्रै २७ लाख ७२ हजार रुपैयाँ एजेन्टलाई बुझाएका थिए ।
संगठित मानव तस्करका एजेन्टहरूको आश्वासनको पासोमा परेर दर्जनौं देश छिचोल्दै गरिने महिनौं लामो अवैध यात्राका क्रममा नेपालीले ज्यान गुमाएको यो पहिलो घटना होइन । २०७५ वैशाखमा पनि नेपालबाट भारत गएर अवैध मार्ग हुँदै हैटी पुगेका तीन नेपाली महिलालाई मानव तस्करका एजेन्टले हैटीको राजधानी पोर्ट औ प्रिन्स पुर्याएका थिए । त्यही क्रममा क्यारेबियन सागरमा १८ दिनसम्म हराउँदा भोक र प्यासले छटपटिएर जहाजभित्रै भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भएको थियो । (दाङबाट दुर्गालाल केसी, पर्वतबाट अगन्धर तिवारी र स्पेनबाट मारियो लोपेज आरेउको सहयोगमा) https://ekantipur.com/ बाट साभार गरिएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया