
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन् । निकटका नेताहरूसहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गरे ।
एमाले र कांग्रेस नमिलेसम्म प्रतिनिधिसभाले नयाँ सरकार दिन नसक्ने जनाउँदै ओलीले सहकार्यका लागि प्रस्ताव पनि गरे । कांग्रेस नेताहरूले भने ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।
सभापति देउवासहितका नेताहरूले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई सुझाव दिए । वैशाख २७ गते संसद्मा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले राजीनामा गर्न कांग्रेस नेताहरूले गरेको आग्रहलाई खासै महत्व दिएनन् । बरु उनले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएको भन्दै सहयोग गर्न आग्रह गरे ।
उनले नयाँ सरकार पनि गठन नहुने र विश्वासको मत पनि नपाउने अवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान अप्ठेरोमा पर्ने धारणा राखे । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचनमा जानु नै उपयुक्त विकल्प रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले स्वच्छ, निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाए । उनले चुनावी सरकारमा सहभागी हुन पनि कांग्रेसलाई आग्रह गरेका थिए ।
आगामी निर्वाचन कांग्रेसले जित्ने अवस्था रहेको आशायसहितको धारणा राखेका ओलीले भेटमा भनेका थिए, ‘प्रतिपक्षमै बसेर कांग्रेसले चुनाव जित्यो भन्दा तपाईंहरूलाई पनि राम्रो हुन्छ । तर होइन हामी पनि सहभागी हुनुपर्छ भन्ने लागेको छ भने तपाईंहरू पनि सहभागि हुनुहोस्, मिलेर चुनाव सम्पन्न गराऊँ । म त्यसका लागि खुला छु ।’
उनले केपी ओली निरंकुश छ, समयमा निर्वाचन गराउँदैन भन्ने जस्ता कुराको पछि नलाग्न आग्रह गरे। आफू लोकतान्त्रिक शासन व्यवस्थाका लागि जेलनेल बसेको भन्दै आशंका नगर्न समेत उनले आग्रह गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा रहेका प्रधानमन्त्री ओलीले मिलेर सत्तासाझेदारी गर्न नसके त्यसअघि नै निर्वाचनमा जान प्रस्ताव गरेका थिए ।
‘समयमा निर्वाचन गराउँछु। म त भन्दैछु केही समयअघि नै चुनावमा जाऊँ,’ ओलीलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सरकारबाहिर बसेर सहयोग गर्ने वा होइन, केके हो भन्ने लागेको छ भने सरकारमा सहभागी बनौं, मिलेर चुनाव गरौं । तपाईंहरूको बहुमत आउँछ । सरकार बनाउनुस् ।’
जवाफमा कांग्रेस नेताले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको भन्दै विश्वास गर्न नसकिने धारणा राखेका थिए । एमालेसँग मिलेर संविधान निर्माण गरे पनि सरकारमा सहभागी भएपछि त्यसको मर्म र भावनाअनुसार काम नगरेको भन्दै सभापति देउवासहितका नेताले असन्तुष्टि जनाएका थिए । नागरिक दैनिकबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया