SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३ गते
    ९२१ &#२३४६;&#२३३५;&#२३२५;

    दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा जानकारी गराएको थियो ।

    नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले चारवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालयका दश शिक्षक र ५ विद्यार्थीलाई कोरोना पुष्टि भएको जानकारी दिए ।

    पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरोना पुष्टि भएपछि नाकामा कडाइ, भीडभाडमा रोक, विद्यालय बन्दको चर्को दबाब परेको थियो । बिहीबार बसेको डीसीसीएमसीको बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    नेपालगन्जमा ह्वाइट हाउसमा आइसोलेसन सेन्टर सञ्चालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने बताए । उहाँले भारतबाट फर्किएका नेपालीका लागि नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने बताए । सीमावर्ती भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरु किनमेल गर्न जाने गर्दछन् । यो समाचारनेपाल समाचार दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं