
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष अवधिमा १२ लाख रुपैयाँ पठाए। तर, घर फर्किंदा न त्यो पैसा पाए न त अंश बेचेर ल्याएको सम्पत्ति बाँकी रह्यो। श्रीमती पनि आफ्नो रहिनन्। बरु उनी सम्बन्धविच्छेदको मुद्दा खेपिरहेका छन्।
हालै विदेशबाट फर्किएका ती युवा काठमाडौं जिल्ला अदालत परिसरमा भेटिए। अदालतले घरि सम्पत्ति बुझाउने आदेश गर्छ घरि जग्गा बेचबिखन गरेको प्रमाण ल्याउन भन्छ। काठमाडौं–पनौती आउजाउ गर्ने गाडी भाडासम्म छैन। बेखर्ची अवस्थामा भेटिएका उनी अदालतमा तल–माथि गरिरहेका थिए।
उनले १३ वर्षअघि तेह्रथुम खाम्लालुङकी युवतीसँग बिहे गरेका थिए। श्रीमतीले तीन वर्षअघि एक्कासि विदेश जान आग्रह गरिन्। आफूले ब्युटिपार्लर सिक्न र व्यवसाय गर्ने भनेर श्रीमान्लाई पुख्र्यौली सम्पत्ति बेच्न लगाइन्। श्रीमतीलाई चाबहिलमा ब्युटिपार्लर खोलिदिएर आफूले मलेसियाको भिसा लगाए। श्रीमतीले कहिले जग्गा खोज्दै गरेको त कहिले बैना गरिसकेको भन्दै पैसा माग्थिन्। उनी कहिले ऋण गरेर पैसा पठाउँथे त कहिले दुई–तीन महिनाको अग्रिम तलब बुझेर।
उनले नेपाल फर्किनु अघिल्लो दिनसम्मको तलब श्रीमतीकै खातामा पठाए। तर, फर्किन लागेको भन्दा श्रीमती खुसी भइनन्। बेवास्ता गरेर फोन काटिन्। एयरपोर्टमा लिन पनि गइनन्। काठमाडौंमा ओर्लिएर कोठा खोज्दै जाँदा सरिसकेकी रहेछन्। बरु पार्लरमा दुई जना पुरुषको साथमा भेटिइन्। केही दिनमा पैसाको हिसाबकिताब र भावी योजना सुनाउँदै गर्दा श्रीमतीले मान्छे लगाएर कुटाइन्। कोठाबाट लत्याएर निकालिन्।
०००
मोरङको उर्लाबारी–४ आइतबारेका ४६ वर्षीय रामबहादुर परियार श्रीमती खोज्दै आफन्त, प्रहरी र छरछिमेक गुहारिरहेका छन्। परियारले १२ वर्ष विदेशमा दुःख गरेर कमाएको सम्पत्ति श्रीमतीसँगै गायब छ। ४२ वर्षीया सोना परियारले श्रीमान् आइपुग्नु अघिल्लो दिन नै घर छाडिन्। उनीहरूका २२ र १४ वर्षका छोरा र १९ वर्षीय छोरी छन्। बिहे गर्ने उमेर पुगेका छोराछोरी र श्रीमान् छाडेर सोना गाउँकै एक युवकसँग भागेको रामबहादुरले बताए।
दुःखमा साथ दिएकी श्रीमतीले सुखका साथ जोबन काट्ने बेला घर छाडेकोमा रामबहादुर भावविह्वल बनेका छन्। ‘मेरा हरेक दुःखमा साथ दियौ। अब केही सम्पत्ति पनि जोडियो, छोराछोरीको कमाइ खाने बेला भयो। जस्तो अवस्थामा भए पनि फिर्ता आऊ’, उनले भने।
०००
नुवाकोटका एक युवकले पुख्र्यौली अंश बेचेर काठमाडौं गोंगबुमा श्रीमतीका नाममा घर किने। त्यसपछि छोरा र श्रीमती छाडेर कोरिया गए। श्रीमती घरमा बसेर छोरा पढाउने, श्रीमान् कोरियामा कमाइ गर्ने। जिन्दगी राम्रै चलिरहेको थियो। श्रीमतीले छोरालाई पढ्न लन्डन पठाइन्। त्यसपछि घरै बेचेर दोस्रो विवाह गरिन्। तर, पूर्वश्रीमान्सँग पैसा मागिरहिन्। श्रीमतीको चाला उनले थाहा पाएनन्। चार वर्षमा घर आउँदा अर्कै व्यक्तिले गेट खोलेपछि उनी झस्किए। तब थाहा भयो कि दुई वर्षअघि नै घर बेचेर श्रीमती अन्तै गएकी रहेछन्। कोरियामा कमाएर पठाएको लाखौं रुपैयाँ, घर बेचेको ७० लाखसमेत श्रीमतीले उडाइन्। पीडितले श्रीमतीविरुद्ध मुद्दा हाले। पछि अदालतले ६ लाख रुपैयाँ दिलाएर मेलमिलाप गराइदियो।
०००
उदयपुरका नवराज श्रेष्ठ काठमाडौंमा गाडी चलाउँथे। पछि ड्राइभिङकै कामका लागि कतार उडे। नाबालक छोरा र श्रीमतीलाई काठमाडौंमा डेरामा छाडे। उनी तीन वर्षमा फर्किंदा केही बाँकी रहेन। छोरालाई माइतमा छाडेर श्रीमती गायब भइन्। अर्को बिहे गरेपछि पनि श्रेष्ठसँग निरन्तर फोन सम्पर्कमा रहेको खुल्यो। तर, श्रीमान् फर्किने दिनदेखि सम्पर्कविहीन भइन्। श्रेष्ठले विदेशबाट १० लाख रुपैयाँ श्रीमतीका नाममा पठाएका रहेछन्। श्रीमतीसँगै सम्पत्ति गायब भयो।
०००
यी त प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भिœयायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन्।
श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन्। विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ। श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ। तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन। पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ।
अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन। घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन।
देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ। कानुनअनुसार एकाघरमा श्रीमान् श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन। यसलाई सगोलको सम्पत्ति मानिन्छ।
‘सगोलमा सम्पत्ति भएको वादी प्रतिवादीले देखाउन सके मात्रै बन्डा लाग्ने अवस्था हुन्छ। तर, वैदेशिक रोजगारको हकमा एउटा पक्षले मैले पठाएको भन्छ र अर्को पक्षले मैले मासेर सके भन्छ भने अदालतले बाँकी सम्पत्ति देख्दैन’, भण्डारीले भने, ‘अदालतले देख्ने सम्पत्ति भनेको नगदमा, चलमा र अचलमा कहाँ छ प्रमाण हेरेर मात्रै बन्डा लगाइदिने हो। अचलमा जग्गा जमिन छ भने मालपोतमा बुझेर स्रेस्ताअनुसार बाँडिदिन्छ। नदेखिने सम्पत्तिलाई बन्डा गर्न सकिने कानुनी अवस्था छैन। नगद र गरगहनाको हकमा वादी प्रतिवादीले छ भनेर देखाउन सके भने मात्रै बन्डा हुनेछ। खातामा रकम रहेको प्रमाण हुनपर्यो। दसी प्रमाण देखाउन सक्नु पर्यो।’
प्रायः अन्तर्राष्ट्रिय प्रचलन, अधिकारकर्मी र एनजीओले उठाएका मागका आधारमा कानुन बन्ने हुँदा वैदेशिक रोजगारीमा गएकाको हक नसमेटिएको भण्डारीको दाबी छ। यही फितलो कानुनको फाइदा उठाई रेमिट्यान्समा मोजमस्ती गर्ने, पारिवारिक सम्बन्धमा बाधा पार्ने गरेको जनाइएको छ।
‘रेमिट्यान्स पठाइएको छ भने पठाएको प्रमाणलाई आधार बनाएर बन्डा गरिदिनुपर्ने कानुन निर्माण हुन जरुरी छ’, उनले भने, ‘रीतपूर्वक, कानुनबमोजिम परिवारका सदस्यको खातामा रकम पठाएकोे प्रमाण छ भने यस्ता सम्पत्तिलाई अचल सम्पत्तिको रूपमा मानेर बन्डा लाग्ने, अंश लाग्ने, मासेनासे पनि तिर्नुपर्ने अवस्था हुने व्यवस्थासहितको कानुन बन्न जरुरी छ। प्रचलित अहिलेको कानुनले रेमिट्यान्सबाट पठाएको रकमलाई अचल सम्पत्ति मान्दैन।’
महिला हुन् कि पुरुष गलत कर्म गरेको छ भने सजाय हुन जरुरी छ। अहिले दुःख गर्नेले केही पाएन, ‘उडाउने’ले उन्मुक्ति पाउने अवस्था छ। जिल्ला अदालत काठमाडौंमा २०७६ साउन १ गतेयता सम्बन्धविच्छेदका ४ हजार १ सय ७८ मुद्दा दर्ता भएका छन्। यी मुद्दा अधिकांश वैदेशिक रोजगारमा जोडिएका छन्। वैदेशिक रोजगारमा गएका पुरुष फर्किएपछि ५० प्रतिशत जोडीमा समस्या देखिने गरेको जनाइएको छ। अधिकांश मुद्दामा रकम हिनामिना गरेको, घरपरिवार नहेरेको, बाहिर सम्बन्ध गाँसेको लगायतत समस्या देखिन्छ।
भण्डारीका अनुसार यस्ता समस्या प्रायः मेलमिलापबाट टुंग्याइन्छ। यसबाट पनि पीडितलाई न्याय दिन सकिएको छैन। चार वर्षमा लाखौं रकम घर किन्न, जग्गा किन्न पठाएका हुन्छन् तर आउँदा केही हुन्न। मेलमिलाप गर्दा २–४ लाखमा सीमित हुनुपर्ने अवस्था छ। श्रीमतीले खर्च गरेर सकियो, मासियो भनेपछि अदालतले क्षतिपूर्ति भराइदिन सक्ने कानुनी व्यवस्था छैन। अजवी पौड्यालले अन्नपूर्ण पाेस्ट दैनिकमा खबर लेखेकी छिन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया