
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए ।
संयोग कस्तो भने, उनमा प्रधानमन्त्री केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् । त्यसरी प्रधानमन्त्री केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताएका छैनन् । तर, हरेक भेटघाटमा भन्ने गर्छन्, ‘ओलीले केही गर्छन् !’
काठमाडुदेखि पूर्वराजा भेट्न झापा पुगेका पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उनले ओलीप्रति विश्वस्त हुन सकिने मनसाय व्यक्त गरेका छन् । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहेनन् ।
झापा बस्दा उनले त्यतातिरका प्रायःजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसकेका छन् । आफ्नो कुरा खासै भन्दैनन्, तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्छन् । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आगन्तुकले राख्ने धारणा रुचीपूर्वक सुन्नमा खुब रुची छ । र, कुराकानीका क्रममा हिन्दू राष्ट्र र राजसंस्था फर्किनेमा विश्वास व्यक्त गर्नुहुन्छ तर कसरी, कुन माध्यमबाट र कुन प्रक्रियाबाट ती कुरा पूरा हुन्छन् ? न भेट्न जानेले सोध्न सक्छन् न त उनले नै भन्छन् । तर, उनको भनाइबाट बुझिन्छ, आफ्नो बलले हैन, ‘अरु कारण’ ले हिन्दू राज्य फिर्ता हुन्छ । भेट्न गएका एक हिन्दूवादी अभियन्ताले भने, ‘चीनले नेपालमा स्थायित्व चाहेको छ । चीन राजा हट्ने बेलामा समर्थन र विरोध दुबैतिर गएन ।
कम्युनिष्टलाई स्थायी शक्तिका रुपमा उभ्याउन खोज्यो । तर, कम्युनिष्टहरूकै झगडाका कारण त्यसो हुन सकेन । त्यसैले ऊ खोपीको देउताका रुपमा राजा रहोस् भन्ने चाहन्छ । भारतले नाम मात्रको भए पनि राजसंस्था हुँदा नेपालको हित हुन्छ भन्ने बुझिसकेको छ । त्यसमाथि विभिन्न सन्दर्भमा राष्ट्रपतिका भूमिकाहरू प्रश्नयोग्य बन्नुले पनि राजाकै परिपक्व नेतृत्व मुलुकले चाहेको धारणा उनको बुझिन्छ’, भेट गर्न गएका ती अभियन्ताले सुनाए ।
कुराकानीमा पूर्वराजा केपी ओलीलाई समर्थन गर्छन् भन्नेमा स्पष्ट छन् । भेट्न जानेहरूलाई ‘राजनीतिक अवस्था कता जान्छ ?’ भनेर प्रश्न गर्छन् । तर, सामान्य अनुमान गरौँ, केपी ओलीले राष्ट्रपतिबाट विद्या भण्डारीलाई हटाएर राजालाई कसरी फर्काउलान् ? पूर्वराजासँग भेट्न जानेहरूको शंका छ, उनीहरुबीच केही कुरा भएको हुनुपर्छ ।
त्यसमाथि केपी ओलीको कार्यशैली छ, मन्त्रिपरिषद्बाट निर्णय नगरी घोषणा गर्ने । संविधानमा संसद् विघटनको व्यवस्था नहुँदा नहुँदै पनि उनले त्यस्तो कदम चाले । राजावादीहरूले अनुमान गरेका छन्– यस्तै केही हुनसक्छ । जनआस्था साप्ताहिकबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया