
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
केन्द्रीय कमिटीमा जे–जस्तो भए पनि संसदीय दलका गतिविधिमा भने संलग्न हुने निधोसहित बालुवाटार पुगेका केही नेताको दोहोलो काढ्ने र एकता अभियान भनिरहने अपदस्थ उपाध्यक्ष वामदेव गौतमको बेइज्जत हुने काम फेरि देखिएको छ ।
शुक्रबार बिहान कलंकीमा नेकपा एमालेको नेपाल–खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकबाट दिउँसो संसदीय दल बैठकमा भाग लिने सहमतिबमोजिम नेताहरू बालुवाटार जान सहमत भएका थिए । त्यहीअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबाहेक अरु सांसद त्यता जाने निधो भयो । लगत्तै वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा झण्डै आधा दर्जन गाडीमा दिउँसो कलंकीबाट सांसदहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गणेश पहाडीहरू बाटो लागे ।
कलंकीबाट कमरेडहरू बालुवाटार पुगेर बैठक कक्षमा छिर्ने बेला ढोका नजिकै रहेका नेता सुवास नेम्वाङ र संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कोरोनाको कारण मुठ्ठी कसे पनि हात भने मिलाउन पाएका थिएनन् । प्लास्टिकको नीलो सु कभर लगाएर सबैजना हलभित्र छिरे । सांसदहरू कलंकीका बायाँ साइड र बालुवाटारका दायाँ साइडमा बसेका थिए । पछाडिको ढोकाबाट छिरेका नेपाल पक्षका केही सांसद पनि यसो हेरेर आफ्नै साथीहरूतिर गए । झलनाथ खनाल भने मञ्चमा बस्ने संकेत आएपछि त्यता गए । शुरुमै प्रधानमन्त्री ओलीले भने, ‘संसद चल्नै नसक्ने अवस्था थियो । त्यसैले विघटन गरेर फ्रेस म्याण्डेटमा जाऊँभन्दा कोलाहल मच्चाइयो । सर्वोच्चले पनि गर्नै नहुने फैसला गरेर संसद पुनस्र्थापना गराइदियो । त्यतिञ्जेल मेराविरुद्ध के के भनियो र गरियो सबैलाई थाहा छ । मैले ११ गतेको फैसला मानेर अघि बढिरहँदा २३ गतेको फैसला आयो ।’
उनले थप तर्क गर्दै भने, ‘मलाई चारपटक कारबाही र निश्कासन गर्नेहरूलाई मैलेचाहिँ पार्टीबाट निकालेको छैन तर निकाल्ने कुरामा तयार हुनुहोला । यसबीच दुई जनाको स्पष्टीकरण पत्र आएको छ । त्यसलाई कारबाहीको निम्ति योग्य ठानेको छु । अरु दुई जनाको आएको छैन । आशा छ, त्यो पनि आउने छ ।’ बैठकमा सहभागी एकजना माननीयले भने, ‘जवाफ दिन बाँकी दुई जना सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई प्रधानमन्त्रीले अप्रत्यक्षरूपमा माफी मागेर जवाफ लेख है’ भन्ने आशयले बोलेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ, ‘केन्द्रीय कमिटीको बैठक बस्यो । बैठकले विधान संशोधनलगायतको निर्णय गरेको छ । पार्टी एकताबद्ध गर्नलाई विधानमा केही व्यवस्था गर्नैपर्ने थियो । त्यसका लागि अध्यक्षलाई केही अधिकार प्रत्यायोजन गर्नुपर्ने भयो । बैठकले त्यो गरेको छ ।’ प्रधानमन्त्रीको उक्त कुरा सुनेपछि खनालले बोल्न समय मागे र भन्न थाले ‘संसद विघटन गरेर राजनीतिक रूपमा हामी सबैको हत्या गरिसकिएको थियो तर सर्वोच्चले पुनर्जीवन दिएको छ । तपाईंहरू सबैलाई स्वागत गर्छु । अब राजनीति नयाँ कोर्समा जाने विश्वास छ ।’
खनालले सैद्धान्तिक व्याख्या गर्दै २३ गते अदालतले निवेदकको मागभन्दा बाहिर गएर गरेको फैसलालाई जोडे ‘त्यसले पार्टी एकतालाई भंग गरिदिएको छ । दुईवटा पार्टी एकता भएर आएको एउटा ऐतिहासिक अवस्थालाई पनि २०७५ जेठ २ तिर फकाईदिएको छ । अब पार्टी (एमाले) त्यो अवस्थाबाट अगाडि बढ्नुपर्छ किनकी पार्टी एकता भएको थियो भन्ने अवस्था अब रहेन । हामी सबैले अदालतको फैसला मान्ने हो भने जेठ २ गतेअघिको अवस्थामा फर्कने हो ।’ खनालले सात मीनेटजति बोलेपछि प्रधानमन्त्रीले रोक्दै भने ‘के त्यसोभए संसद र सांसद नहुँदैमा राजनीतिक हत्या हुन्छ ? प्रजातन्त्रमा संसद् नचलेपछि चुनावमा जाने कुरो संविधानसम्मत हो । अल्टिमेट्ली फेरि चुनावमा जानुको विकल्प छैन ।’ उनले पुरानै अडान राखेको उल्लेख गर्दै ती सांसदले भने, ‘पार्टीभित्र समानान्तर संगठन सञ्चालन हुन दिन्न, अब कारबाही हुन्छ । हिजो बहुमतको धाक लगाउनेहरूले आज बहुमतले गरेको निर्णय मान्दिन भन्न मिल्छ ? त्यसैले फागुन २८ को निर्णय अपरिवर्तनीय छ ।’
प्रधानमन्त्रीको त्यो कुरा सुन्नेबित्तिक्कै घनश्याम भुसालले उठेर बोले, ‘अध्यक्षज्यू, तथ्यलाई नबंग्याउनुस् । तपाईंको प्राविधिक बहुमत मान्छु भनेका होइनौं । विधानविपरीत गरिएको निर्णयलाई बहुमत मान्न मिल्दैन ।’ भुसालले एकाध मिनेट बोल्दै गर्दा मञ्चमा बसेका प्रधानमन्त्री ओलीले मसिनो स्वरमा प्रतिवाद गरिरहका थिए, तर भुसाल रोकिएनन् । माथिबाट फेरि बोल्नमा हस्तक्षेप भयो, भुसालले तीन–चारपटक बोल्न खोजे तर प्रधानमन्त्रीले त्यत्ति नै पटक रोके । हुन त यसअघिका बैठकमा पनि भुसाललाई प्रधानमन्त्री ओलीले सधैं रोक्ने गरेका थिए । भुसालले सधैंझैँ अस्ति पनि सैद्धान्तिक कुरामै जोड दिएका छन् ।
भुसालपछि योगेश भट्टराईले बोल्ने समय माग्दै आफ्ना कुरा राखे । बैठकको माहौललाई अलि मत्थर पार्ने उद्देश्यले उनले प्रधानमन्त्रीलाई फकाउने शैलीमा केही आदरार्थी शब्द यसरी राखेका थिए । ‘संसदीय दलको विधान संसदको पिजन होलमा छ भनेर राति १२ बजेर २२ मिनेटमा म्यासेज आउँछ । भोलिपल्ट शनिबार छ । यता बैठक राखिएको भन्नुहुन्छ । त्यस्तो अवस्थामा विधान संशोधनमा सांसदहरूले आफ्नो राय राख्न पाउँदैनन् र ? यत्तिकै विधान पास भयो भन्न मिल्छ र प्रधानमन्त्रीज्यू ?’ त्यसपटक भने प्रधानमन्त्रीले ‘ठीकै छ, आवश्यकताअनुसार त्यो पनि संशोधन हुन्छ’ भनेर जवाफ दिए । लगत्तै उनले बैठक छोट्याउने आशयले, ‘मेरो बिराटनगरका मान्छेहरूसँग मिटिङ छ’ भन्दै विष्णु पौडेललाई यसअघि गरिएका राजनीतिक निर्णय सुनाउन निर्देशन दिए ।
त्यसबीच वामदेव गौतमले बोल्नलाई धेरैपटक हात उठाए । तर, प्रधानमन्त्रीले देखेको नदेखेझैँ गरेर टारे । सम्भवतः गौतमलाई बोल्न दिएर वा आलोचना गरेरभन्दा बोल्न नदिँदा अपमानित गर्न सकिने ठानेर त्यसो गरिएको हुनसक्ने सहभागीहरूले लख काटेका थिए । जनआस्था साप्ताहिकबाट


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया