
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं, । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने भएको छ । नेकपाका दुवै पक्षले यसअघि गरेका निर्णय अमान्य हुने भन्दै आयोगले पार्टीको अभिलेख अद्यावधिक गर्न नमानेपछि दाहाल–नेपाल समूहले औपचारिक रूपमै आधिकारिकता दाबी गर्न लागेको हो ।
केन्द्रीय कमिटीको सोमबारको बैठकले आयोगले यसअघि गरेको निर्णयलाई अनुचित ठहर्याएको छ । झन्डै ६५ प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्य भएको पक्षले गरेको निर्णयलाई आयोगले वैधानिक नभएको भन्दै विवरण अद्यावधिक नगरेकामा बैठकले असन्तुष्टि व्यक्त गरेको हो । त्यही निर्णय गर्ने क्रममा आयोगले केन्द्रीय कमिटीको संख्या ४ सय ४१ लाई आधिकारिक मानेकाले अब त्यसको करिब दुई तिहाइ संख्या आधिकारिकताका लागि आयोगसमक्ष पुग्न लागेको हो ।
‘पार्टीको विधानअनुसार बैठकहरू गरेर पदाधिकारी फेरबदल गरिएको निर्णयसहित विवरण अद्यावधिक गर्न आयोगलाई अनुरोध गरिएकामा त्यसबारेमा आयोगले हाम्रो पार्टीलाई पठाएको पत्रको लिखित जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय बैठकले लिएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
पार्टीको आधिकारिकता दाबीका लागि अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३/४४ को प्रक्रियामा प्रवेश गर्नुपर्नेछ । ऐनको दफा ४३ मा ‘दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरूबीच दलको नाम, दलको छाप, विधान, झन्डा वा चिह्न, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकताको निरूपण आयोगले गर्ने उल्लेख छ । दफा ४४ अनुसार कुनै पनि पक्षले केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको हस्ताक्षर र प्रमाणसहितको विवरण आयोगमा पेस गर्दै आधिकारिकता दाबी गर्न सक्छन् । यसरी गरेको दाबीअनुसार आयोगले विवाद निरूपण गर्नुपर्छ ।
‘आयोगले नै हाम्रो केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय हो भनिसकेको छ, अब यसैमा टेकेर ४ सय ४१ मध्ये बहुमत जोसँग छ त्यसलाई आयोगले आधिकारिकता दिनुपर्छ,’ पार्टीका तर्फबाट आयोगसँग सम्पर्क गर्ने जिम्मेवारी पाएका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले कान्तिपुरसँग भने, ‘पार्टीभित्र विवाद आएपछि त्यसको निरूपण गर्नबाट आयोग निरपेक्ष रहन सक्दैन, त्यसैले कुन कानुनको कुन दफा हो, आफैं बुझेर आयोगले बहुमतलाई आधिकारिकता दिनुपर्छ ।’ उनले यही कुरा आयोगलाई सम्झाउँदै केन्द्रीय कमिटीको निर्णयका आधारमा चिठी पठाउने जानकारी दिए ।
आयोगले आवश्यक ठानेमा केन्द्रीय कमिटीका आफ्नो पक्षका सदस्यहरू आयोगमै पुगेर सनाखत गर्नसमेत तयार रहेको पोखरेलले बताए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया