SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१० गते
    १५२३ &#२३४६;&#२३३५;&#२३२५;

    आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन् ।

    पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घन्टा कुराकानी गरे । ओलीले पनि बेलाबेलामा थापासँग छुट्टै छलफल गरी साथ माग्दै आएका छन् । तर केही दिनयता दाहालले थापालाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न दबाब दिइरहेको स्रोतको दाबी छ ।

    तीन दिनअघि दाङ पुगेका बेला नेता गौतमले आफू कुनै गुटमा नरहेको बताएपछि दाहालले आइतबार बिहान थापालाई भेट्न खुमलटार बोलाएका थिए । दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने भनाइ राखेका थिए । तर थापाले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ । ‘पार्टी उपाध्यक्ष गौतमलाई बालुवाटार र खुमलटार आफ्नो पक्षमा पार्ने विषयमा आश्वस्त हुन नसक्दा खुमलटारले थापाको साथ खोजेको हो,’ स्रोतले भन्यो । नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका थापा कतै पनि खुलेर लागेका छैनन् ।

    ‘आइतबार बिहान खुमलटार जानुभएको थियो, अध्यक्ष दाहालले उहाँलाई पार्टी दुई लाइन संघर्षमा गइसकेकाले एकातिर खुलेर लाग्न भन्नुभएको रहेछ,’ थापानिकट स्रोतले भन्यो, ‘उहाँले पार्टी एकता भाँडेर कहीं नपुगिने, महाधिवेशन आएपछि खुलेर कुरा गरिने तर अहिले चाहिँ पार्टी एकतालाई बचाएर लैजानुपर्ने दायित्व भएकाले दुवै अध्यक्षले छलफल गरेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो ।’ दाहाल र थापाबीच प्रत्येक साता भेटघाट हुने भए पनि आइतबार भने अन्य दिनभन्दा लामो कुराकानी भयो । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं