SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१ गते
    ४३८७ &#२३४६;&#२३३५;&#२३२५;

    सानफ्रान्सिस्को, – विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए । साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्वीट गरिएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ट्वीटरले भनेको छ, “केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्वीटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो संगठित सामाजिक इन्जिनियरिङ हमला हो भन्ने हामीले विश्वास लिएका छौं ।” हमलाकारीले उच्चपदस्थ र सामाजिक रुपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह्याक गरेर पहुँच बनाउन खोजेको ट्वीटरको भनाई छ । ह्याकरले अरु के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्ने बारेमा हामी खोजी गरिरहेका छौं, ट्वीटरले भनेको छ ।

    ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्ने जस्ता सन्देशहरु प्रवाह भएका थिए । ३० मिनेटभित्र १,००० डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरु मानिसलाई इमेल समेत पठाइएका थिए ।

    ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्वीट गर्दै ट्वीटरमा यो दिन निकै कठिनाइपूर्ण रहेको बताउनु भएको छ । उहाँले यस घटनाका बारेमा तथ्यहरुको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी गराउनु भएको छ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह्याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ ।

    तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन । उहाँका करिब आठ करोड ३० लाख फलोअर्स छन् । अमेरिकी सञ्चार माध्यम भाइसले ट्वीटरका कर्मचारीकै लापरवाहीका कारण ह्याकरहरु ट्वीटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताएको छ । ह्याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरुले ट्वीटरका कर्मचारीलाई रकम दिएको बताएका छन् ।

    साइबर–सुरक्षासँग सम्बन्धित कार्य गर्ने सोसलप्रुफसेक्युरिटीले पनि ट्वीटरका कर्मचारीको प्रशासनिक पहुँचलाई ह्याकरले प्रयोग गरेको बताएको छ । यसैबीच, बिट–टोरेन्टका कार्यकारी प्रमुख जस्टिन सनलाई ट्वीटरका ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव गरिएको खबर सार्वजनिक भएको छ । ट्वीटरमाथि विगतमा पनि ह्याकरहरुले हमलाको प्रयास गरेका थिए ।

    मार्च २०१७ मा एम्नेस्टी इन्टरनेसनल, फ्रान्सेली अर्थ मन्त्रालय र बिबिसीको उत्तर अमेरिकी सेवाका अकाउन्टहरु ह्याक गरिएका थिए । यी ह्याकरहरु टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो । गत अगस्टमा पनि ट्वीटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उहाँको जानकारी बेगर नै गलत एवं भ्रामक सन्देशहरु शृंखलाबद्ध रुपमा प्रवाहित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका...

    न्यायिक निरुपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको...

    कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत्...

    कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि...

    भोली देखि बिहादीका बडाहरुमा सार्वजनिक सुनुवाई हुँदै,कुन वडामा कहिले र कहाँ ?

    पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न भएका आयोजना तथा सेवा प्रवाहको विषयमा...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं