SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
    १००८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । संसार कोरोनाभाइरस संक्रमणको पीडामा छ । विश्वका एक सय ९९ सय देशमा संक्रमण फैलिएको कोरोनाभाइरले हालसम्म पाँच लाख ३२ हजारभन्दा बढी पीडित भएका छन् । साथै २४ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाउँदा एक लाख २४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गत डिसेम्बरदेखि चीनको वुहानबाट संक्रमण फैलिएको कोरोनाभाइरसले अहिले युरोप र अमेरिकालाई बढी सताएको छ भने अन्य देशमा पनि उत्तिकै पीडा दिएको छ । कोरोनाभाइरसविरुद्धको औषधि र खोप नहुँदा संसारभरका मानिस त्रासमा परेका छन् । कयौं देशले लकडाउन गर्दा घरमै थुनिएर बसेका मानिसलाई राहत र खुसी बनाउने सन्देश नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटले दिएका छन् ।

    उनले विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको र अब क्रमशः नियन्त्रणमा आउने दाबी गरेका छन् । लस एन्जल्स टाइमससँग कुरा गर्दै वैज्ञानिक लेविटले ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ चीनलगायतका केही मुलुकमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । तर, युरोप र अमेरिकामा तीव्र गतिले फैलिरहँदा उनको सो धारणा सार्वजनिक भएको छ । जसले संसारभरका मानिसमा आत्मबल बढाएको छ ।

    यसअघि चीनमा कोरोनाभाइरसको संक्रमण र यसको नियन्त्रणका विषयमा उनले गरेको भविष्यवाणी एक हदसम्म मिल्न गएको आममानिस कोरोनाभाइरस संसारबाटै नियन्त्रणमा आउने उनको अनुमानप्रति आशावादी भएका छन् । गत फेब्रुअरीमा लेविटले भनेका थिए, ‘हरेक दिन कोरोना संक्रमितको संख्यामा कमि आएको छ । यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृत्युको दर घट्न थाल्नेछ, चीनमा ८० हजार संक्रमण र ३२ हजार ५ सय मृत्यु हुनेछ । उनको अनुमान सही सावित भएको छ । चीनमा हालसम्म ८१ हजार संक्रमित भएका छन् भने ३२ सय ९२ जनाको ज्यान गएको छ । उनले सो भविष्यवाणी गर्दा अरु विशेषज्ञले लाखौं मानिस संक्रमित हुने अनुमान गरेका थिए ।

    दुई महिनाको लकडाउनपछि चीनको हुबेइ प्रान्त पनि खुलेको छ । अहिले पनि विश्वलाई खुसी हुने गरी उनको भविष्यवाणी आएको हो । उनले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिएको बताएका छन् । वैज्ञानिक लेविटले भनेका छन् ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।’

    कोरोनाभाइरस संक्रमणलाई कमि ल्याउन र यसलाई जरैदेखि उखेल्न सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव दिएका उनले अधिकांश मानिसहरुमा कोरोनासँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्ने भएकाले भेटघाटलाई बन्द गर्नुपर्ने बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं