
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । संसार कोरोनाभाइरस संक्रमणको पीडामा छ । विश्वका एक सय ९९ सय देशमा संक्रमण फैलिएको कोरोनाभाइरले हालसम्म पाँच लाख ३२ हजारभन्दा बढी पीडित भएका छन् । साथै २४ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाउँदा एक लाख २४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
गत डिसेम्बरदेखि चीनको वुहानबाट संक्रमण फैलिएको कोरोनाभाइरसले अहिले युरोप र अमेरिकालाई बढी सताएको छ भने अन्य देशमा पनि उत्तिकै पीडा दिएको छ । कोरोनाभाइरसविरुद्धको औषधि र खोप नहुँदा संसारभरका मानिस त्रासमा परेका छन् । कयौं देशले लकडाउन गर्दा घरमै थुनिएर बसेका मानिसलाई राहत र खुसी बनाउने सन्देश नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटले दिएका छन् ।
उनले विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको र अब क्रमशः नियन्त्रणमा आउने दाबी गरेका छन् । लस एन्जल्स टाइमससँग कुरा गर्दै वैज्ञानिक लेविटले ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ चीनलगायतका केही मुलुकमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । तर, युरोप र अमेरिकामा तीव्र गतिले फैलिरहँदा उनको सो धारणा सार्वजनिक भएको छ । जसले संसारभरका मानिसमा आत्मबल बढाएको छ ।
यसअघि चीनमा कोरोनाभाइरसको संक्रमण र यसको नियन्त्रणका विषयमा उनले गरेको भविष्यवाणी एक हदसम्म मिल्न गएको आममानिस कोरोनाभाइरस संसारबाटै नियन्त्रणमा आउने उनको अनुमानप्रति आशावादी भएका छन् । गत फेब्रुअरीमा लेविटले भनेका थिए, ‘हरेक दिन कोरोना संक्रमितको संख्यामा कमि आएको छ । यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृत्युको दर घट्न थाल्नेछ, चीनमा ८० हजार संक्रमण र ३२ हजार ५ सय मृत्यु हुनेछ । उनको अनुमान सही सावित भएको छ । चीनमा हालसम्म ८१ हजार संक्रमित भएका छन् भने ३२ सय ९२ जनाको ज्यान गएको छ । उनले सो भविष्यवाणी गर्दा अरु विशेषज्ञले लाखौं मानिस संक्रमित हुने अनुमान गरेका थिए ।
दुई महिनाको लकडाउनपछि चीनको हुबेइ प्रान्त पनि खुलेको छ । अहिले पनि विश्वलाई खुसी हुने गरी उनको भविष्यवाणी आएको हो । उनले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिएको बताएका छन् । वैज्ञानिक लेविटले भनेका छन् ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।’
कोरोनाभाइरस संक्रमणलाई कमि ल्याउन र यसलाई जरैदेखि उखेल्न सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव दिएका उनले अधिकांश मानिसहरुमा कोरोनासँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्ने भएकाले भेटघाटलाई बन्द गर्नुपर्ने बताएका हुन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया