SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/४ गते
    १४२६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, सामाजिक परिर्वतन कालागी युवाको सहभागीता आजको आवश्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापना भएको सिसेफ नेपालको प्रवद्र्धनमा संचालित सिसेफ महिला समुहले जनता धन माध्यामीक विद्यालय नारायणस्थान बाग्लुङ्ग मा रहेका २० जना दृष्टीबिहिन विद्यार्थिहरु लाई सरसफाई तथा खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ । एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा नै सस्थाका पदाधिकारीहरु पुगी सहयोग हस्तान्त्रण गरिएको हो ।

    सिसेफ महिला समुहको अध्यक्ष देबि श्रेष्ठको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रमको प्रमुख अतिथि कामना सेवा विकास बैक धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछाने रहनुभएको थियो । लामिछानेले सस्थाले समाजिक क्षेत्रमा गरेको कार्य प्रशंसायोग्य रहेको भन्दै फरक क्षमता भएका बिद्यार्थि हरुलाई सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा समाज सेबि अम्वीका प्रधान गुरुङ्ग,कमल जि।शि।जिल्ला रेडक्रस सोसाईटी पर्वत का उपसभापति ईश्वरी पाठक बिद्यालयका प्रधानाध्यापक कुमार पौडेल सिसेफ का अध्यक्ष विष्णुराज पुरी निर्वतमान अध्यक्ष थमनारायण पौडेल लगाएतले वोल्नुभएको थियो । सिसेफ महिला समुहकी सस्थापक अध्यक्ष सरस्वती बस्नेत को स्वागत तथा धन्यवाद मन्तब्य वरिष्ठ उपाध्यक्ष पवित्रा श्रेष्ठ ले गर्नुभएको थियो । कर्यक्रमको संचालनसचिव विजया जोशी ले गर्नुभएको थियो । विद्यार्थिको तर्फवाट कक्षा ७ का विद्यार्थि महेश शर्मा ले प्रविधि मैत्री शिक्षाका लागी बिद्यालयमा इन्टरनेट सुविधाको सहयोग आवश्यक रहेको वताउनुभएको थियो । सस्थाका सल्लाहाकार कृष्ण प्रसाद श्रेष्ठ को पहलमा नासेर यस अल हजरी करपोरेशन साउदी अरवका कर्मचारीहरुले सस्थालाई सहयोग गरेको सस्थाकी अध्यक्ष देवि श्रेष्ठले वताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं