
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं, । चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो। नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन् ।सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। ‘हामीले सबै आन्तरिक व्यवस्थापन गरिसकेका छौं’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा भने।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धारको पूर्वतयारी भएको हो। उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्य, पाइलट, चालक दलका सदस्य, विमानस्थलका कर्मचारी गरी सयभन्दा बढीलाई तालिम दिइएको छ। तालिमप्राप्त व्यक्ति उद्धारदेखि क्वारेन्टाइनमा खटिनेछन्।बेइजिङस्थित नेपाली दूतावासको पहलमा वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थीलाई फर्काइन लागेको हो। त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनभित्र नेपाल वायुसेवा निगमको जहाज चीन पठाइनेछ। मन्त्री ढकालका अनुसार उद्धार गर्न जाने चिकित्सकलगायत स्वास्थ्यकर्मी र पाइलटसहित चालकदलका सदस्यलाई निश्चित अवधिसम्म निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ।
‘यहाँबाट उद्धार गर्न जानुपर्यो’, उनले भने, ‘विद्यार्थीसँगै नबसे पनि निगरानीमा रहनुपर्यो।’ संक्रमित पाइए उपचारका लागि विभिन्न अस्पतालमा १ सय ९९ शड्ढया तयारी अवस्थामा राखिएको छ। ‘महिलाका लागि छुट्टै एउटा ब्लक छ’, उनले भने, ‘पुरुषका लागि तीनवटा ब्लक तयारी गरेका छौं।’मन्त्रालयका सचिव खगराज बरालका अनुसार एक साताभित्र उद्धार गरी ल्याइनेछ। ‘त्यहाँ नेपालीलाई एकीकृत गर्न मात्र धेरै समय लाग्ने देखिन्छ’, उद्धारका लागि गठित प्राविधिक समितिका संयोजकसमेत रहेका सचिव बरालले संसदीय समिति बैठकमा भने, ‘सरकारले यो साताभित्र ल्याउँछ भन्ने अनुमान छ।’
वुहानमा पहिलो स्वास्थ्य जाँच
चीनको वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको स्वास्थ्य जाँच गरिनेछ। स्वास्थ्यसचिव बरालका अनुसार जहाज चढ्नुअघि चीन सरकारले नेपाली विद्यार्थीको परीक्षण गर्छ। ‘कसैमा संक्रमण भेटियो भने उसलाई चीनले यता ल्याउन दिँदैन’, उनले भने, ‘उतै उपचार गर्छ।’मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार वुहानमा स्वास्थ्य परीक्षणपछि मात्र यात्रुलाई नेपाल आउन अनुमति मिल्नेछ। ‘संक्रमित भएको पाइए वुहानस्थित अस्पतालमै उपचारमा रहनेछन्’, प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘संक्रमण नदेखिएका यात्रु मात्र स्वदेश आउनेछन्।’
यताको विमानस्थलमा समग्र जाँच
मन्त्री ढकालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइसकेपछि के गर्ने भन्ने व्यवस्था पनि मिलाइएको छ। ‘जहाजबाट कसरी ओराल्ने ? पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने ? ’, उनले भने, ‘यी सबै विषयमा हामीले तयारी गरिसकेका छौं।’सचिव बरालले स्वदेशमा समग्र जाँचपछि कसैलाई ज्वरो तथा रुघाखोकी र अन्य लक्षण देखिए विमानस्थलबाट सिधै अस्पताल लगिनेछ। ‘संक्रमण भएको पाइए एम्बुलेन्स सिधै टेकु अस्पतालमा लगिनेछ’, उनले भने, ‘लक्षण नदेखिए बसबाट क्वारेन्टाइनमा लगिनेछ।’
विमानस्थल १२ घण्टा अवरुद्ध
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गरिनेछ। त्यसका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने सचिव बरालले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यसको पूर्वतयारी गरेको छ। विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा, आवश्यकताअनुसार अन्य स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने पर्यटन मन्त्रालयले जनाएको छ।
पहिचान गर्न सिम्बोल नम्बर
चीनबाट उद्धार गरी ल्याइने नेपालीको पहिचान नखुलाइने भएको छ। सचिव बरालका अनुसार नाम र अन्य विवरण राखिनेछैन। उनीहरूको सिम्बोल नम्बर परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ। ‘कुनै पनि व्यक्तिको हामी नाम र अन्य विवरण राख्दैनौं’, सचिव बरालले भने, ‘सिम्बोल नम्बर मागेका छौं। त्यहीअनुसारै सबै काम हुन्छ।’ १ सय ८० जनाले उद्धारका लागि नेपाली दूतावासमा आवेदन दिएका छन्।
विमानस्थलमा पाँचवटा हेल्थ डेस्क
त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरूको स्वास्थ्य परीक्षण पुनः गरिने भएको छ। मन्त्रालयका सहायक प्रवक्ता केदार दाहालका अनुसार स्वास्थ्य जाँचका लागि विमानस्थलमा पाँचवटा हेल्थ डेस्क राखिनेछ। मेडिकल अफिसर, नर्ससहितको टोलीले स्वास्थ्य जाँच गर्ने मन्त्रालयले जनाएको छ।कुनै यात्रुमा संक्रमणको शंका लागे विमानस्थलबाटै अस्पतालमा पुर्याइनेछ। सहायक प्रवक्ता दाहालका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर, पाटनलगायत सरकारी एवं निजी अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
क्वारेन्टाइनमा बस्ने सर्त
उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीले क्वारेन्टाइनमा बस्ने सर्तसहितको निवेदन दूतावासमा बुझाएका छन्। संक्रमित नदेखिएका यात्रुलाई तोकिएका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ। ‘विद्यार्थी अथवा जो कोही पनि १४ दिने क्वारेन्टाइनका लागि मञ्जुरीनामा दिएर आएको हुन्छ। त्यो मापदण्ड र सर्तभित्र ती व्यक्तिहरू बस्नुपर्छ’, मन्त्री ढकालले भने, ‘हामीले बिरामी ल्याउँदै छैनौं। त्यहाँबाट आउँदा दुई–तीन दिनको बीचमा कसैलाई संक्रमण देखिए के गर्ने भन्ने विषयमा तयारी गरेका हौं।’
उद्धार गरी ल्याइने विद्यार्थीलाई शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा राख्न क्वारेन्टाइन तोकिएको छ। क्वारेन्टाइनमा रहँदासम्म नियमित रूपमा आवश्यक सबै किसिमका स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए। क्वारेन्टाइन वरिपरि संक्रमण हुने सम्भावना नरहने हुँदा त्रासमा नरहन उनले अनुरोध गरे।
क्वारेन्टाइनमा स्वास्थ्य सुरक्षाको दुई घेरा
मन्त्री ढकालका अनुसार स्वास्थ्य जाँच र निगरानीका लागि चिकित्सकसहितको दुई समूह बनाइएको छ। चारवटा सेन्टरको व्यवस्था गरिएको छ। चिकित्सकको टोली क्याम्पभित्र रहनेछ। ‘एम्बुलेन्सदेखि मिडिया र परिवारका सदस्य भेट्न जानेका लागि सूचना सम्प्रेषण गर्न निश्चित दूरीमा व्यवस्था गरिनेछ’, मन्त्री ढकालले भने, ‘क्वारेन्टाइनभित्र एउटा बस्ने र बाहिर अर्को बस्ने व्यवस्था गरिनेछ। भित्रको डाक्टरलाई संक्रमण भए त्यसको ब्याकअपमा अर्को डाक्टर हुन्छ ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया